• होमपेज
  • बाजुरा बिशेष
  • नेकपाका बाजुराका अध्यक्ष र सचिबकाे पदभार ग्रहणसगैँ स्वागत

नेकपाका बाजुराका अध्यक्ष र सचिबकाे पदभार ग्रहणसगैँ स्वागत

  • शुक्रबार, बैशाख २७, २०७६
नेकपाका बाजुराका अध्यक्ष र सचिबकाे पदभार ग्रहणसगैँ स्वागत

बडीमालिका समचार

बाजुरा २७ बैशाख

बाजुरा-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका अध्यक्ष कालीबहादुर शाहि र सचिव भरत बुढाले पदभार ग्रहण  गरेका छन् । साथै  अध्यक्ष र सचिवलाइ सम्मान समेत गरेकाे छ ।  शुक्रबार पार्टी कार्यालयमा एक आयोजना गरिएको पदभार तथा बधाइ कार्यक्रममा शाहि र बुढाले पदभार ग्रहण गरेका हुन् । बैशाख १४ गते प्रदेशमा सपथ गरेका अध्यक्ष र सचिवले जिल्लामा औपचारीक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण पछि पार्टी कार्यालयमा अध्यक्ष शाहिले पार्टीले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको प्रति खुसी व्यक्त गर्दै पार्टीका कामकाज अगाडी बढाउनुपर्ने भएकाले आफूले पदभार ग्रहण गरेको बताएका छन् । पदभार ग्रहण तथा बधाइ कार्यक्रममा उपस्थित अन्य नेकपाका नेता तथा कार्यकर्ताहरुले सबैलाइ एकजुट गराएर अघाढी बढ्न अनुरोध पनी गरेका छन् ।

अध्यक्ष शाहि र सचिव बुढाले जिल्लामा सबै नेकपाका साथीहरुसंगको सल्लाहका आधारमा आफू अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झन्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । सुदूरपश्चिमका ९ जिल्ला मध्ये बाजुरामा तत्कालीन नेकपा एमालेबाट अध्यक्ष पाएको छ भने मोओवादीले जिल्ला सचिव पाएको हाे ।

चर्चामा

सम्बन्धित समाचार