• होमपेज
  • समाचार
  • भारतमा रासनकार्ड, नेपालमा वृद्धभत्ता

भारतमा रासनकार्ड, नेपालमा वृद्धभत्ता

  • शुक्रबार, बैशाख २७, २०७६
भारतमा रासनकार्ड, नेपालमा वृद्धभत्ता

विराटनगर । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् ।

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ । उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ । २०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ ।

छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ । उनले नेपालमा पनि मतदान गरेको देखिन्छ । १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन् । उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन् । उनका तीनजना छोरा र उनीहरूका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ । छगनलालका छोराहरूले पनि नेपालमा वंशजको नागरिकता लिएका छन् । उनका जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन् । २०००००८५३८५ नम्बरको रासनकार्ड लिएका उनले पनि मगनलाल रामावतको पसल नम्बर २०२९४ बाट रासन लिने गरेको देखिएको छ । १५४४६८७ नम्बरको नेपालको मतदाता परिचयपत्र लिएका रमेशले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ । ०३३०५३७ नम्बरका भारतीय मतदाता उनले भारतको निर्वाचनमा समेत भाग लिएको देखिन्छ ।

छगनलालका अर्का छोरा सुरेशको पनि २०००००१०८३५८ नम्बरको रासन कार्ड छ। उनले भने २०२९५ नम्बरको चेतनदास आचार्यको पसलबाट रासन लिने गरेको देखिन्छ । निर्वाचन आयोग नेपालको वेबसाइटमा उनको मतदाता परिचयपत्र १५४४६८८ नम्बरमा देखिन्छ । भारतीय निर्वाचन आयोगको वेबसाइटमा ०३३०५५५ नम्बरमा उनको नाम देखिन्छ । आजको कान्तिपुर दैनिकमा बिनु तिम्सिनाले लेखेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार