• होमपेज
  • अर्थ/वाणिज्य
  • अब राजमार्गमा बन्द भए १० मिनेटभित्रै खुलाइने, २०-२० किलोमिटरमा सुरक्षा पोष्ट

अब राजमार्गमा बन्द भए १० मिनेटभित्रै खुलाइने, २०-२० किलोमिटरमा सुरक्षा पोष्ट

  • शुक्रबार, बैशाख २७, २०७६
अब राजमार्गमा बन्द भए १० मिनेटभित्रै खुलाइने, २०-२० किलोमिटरमा सुरक्षा पोष्ट

कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो ।

कार्यविधिअनुसार राजमार्गमा २०-२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहने छन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटना लक्षित आठ वटा ठूला एम्बुलेन्स समेत खरिद गरेको छ ।

त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन् ।

‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि चैतदेखि कार्यान्वयनमा आएको हो । जसमा राजमार्गलाई सुरक्षित बनाउनेदेखि दुर्घटनापछि शीघ्र रूपमा उद्धार गर्ने उद्देश्य राखिएको छ ।

बन्द-हडताल तथा प्राकृतिक विपतका कारण सडक बन्द भए पनि तत्काल सबै निकायसँग समन्वय गरी खुलाइने कार्यबिधिमा जिम्मेवारी तोकिएको छ । कार्यविधि कार्यान्वयनका लागि सबै निकायमा पठाइएको गृह मन्त्रालयले जनाएको छ । नयाँपेजबाट

चर्चामा

सम्बन्धित समाचार