• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकाद्वार पहिलो पटक उत्तर कोरियाली जहाज जफत, सम्बन्धमा थप तनाव बढ्न सक्ने

अमेरिकाद्वार पहिलो पटक उत्तर कोरियाली जहाज जफत, सम्बन्धमा थप तनाव बढ्न सक्ने

  • शुक्रबार, बैशाख २७, २०७६
अमेरिकाद्वार पहिलो पटक उत्तर कोरियाली जहाज जफत, सम्बन्धमा थप तनाव बढ्न सक्ने

अमेरिकाले उत्तर कोरियाको मालवाहक समुद्री जहाज जफत गरेको छ । उक्त जहाजले अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ ।अमेरिकाको न्यायिक विभागले उक्त जहाजमा कोइला लैजादैँ गरेको जानकारी दिएको छ । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रले भने यसको निर्यातमा प्रतिबन्ध लगाएको छ ।यो जहाजलाई यसअघि अप्रिल २०१८ मा पनि इन्डोनेशियामा जफत गरिएको थियो ।अमेरिकाले प्रतिबन्धलाई उल्लंघन गरेको आरोपमा उत्तर कोरियाको कुनै पनि जहाज जफत गरेको यो पहिलो घटना हो ।

यो कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने आशंका गरिएको छ ।यो वर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच असफल भेटवार्ता भएको थियो । अमेरिका उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न भनिरहेको छ भने उत्तर कोरियाले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धलाई हटाउनुपर्ने माग गरेको छ ।यसबीच पछिल्लो पाँच दिनभित्र उत्तर कोरियाले दुईपटक परमाणु परीक्षण गरेको छ । यी परीक्षणमार्फत् उत्तर कोरिया अमेरिकामाथि दबाब बढाउन चाहिरहेको बताइएको छ ।

उत्तर कोरियामा अमेरिकाका विशेष प्रतिनिधी स्टिफन बिगन अहिले दक्षिण कोरियामा छन् । उनको यो भ्रमणको उद्देश्य उत्तर कोरियालाई पुनः परमाणु निश्शस्त्रीकरणतर्फ लैजाने विषयमा चर्चा गर्नु हो ।उत्तर कोरियाली जहाज, ‘द भोइस अनेस्ट’ अब अमेरिकाको नियन्त्रणमा छ ।अमेरिकाका अटर्नी जिओफ्री एस वर्मनले यसबारे भनेका छन्, ‘हामीले उत्तर कोरियाको योजनाबारे पत्ता लगाएका छौं ।‘यो योजना अनुसार उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्ध तोड्नुका साथै द भोइस अनेस्टलाई भारी मसिनलाई उत्तर कोरियामा आयात गर्नका लागि पनि प्रयोग गरिरहेको छ भन्ने पत्ता लागेको छ ।’

उत्तर कोरियाले प्रतिबन्धपश्चात् पनि ठूलो परिमाणको कोइलालाई विदेशी खरिदकर्तासम्म पुर्याउँदै आएको छ ।’द भोइस अनेस्टको मर्मत सम्भारका लागि जति खर्च हुन्छ त्यो अमेरिकी डलरमा कुनै अज्ञात बैंकमार्फत् गरिने आरोपसमेत लाग्ने गरेको छ । यो आरोप अनुसार अमेरिकी अधिकारीले सिभिल कानून अनुसार यो जहाज जफत गर्ने मौका पायो ।

चर्चामा

सम्बन्धित समाचार