• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भ्रष्टाचार बढेपछि प्रहरीको वर्दीबाट गोजी नै हटाइयाे

भ्रष्टाचार बढेपछि प्रहरीको वर्दीबाट गोजी नै हटाइयाे

  • शुक्रबार, बैशाख २७, २०७६
भ्रष्टाचार बढेपछि प्रहरीको वर्दीबाट गोजी नै हटाइयाे

केन्या सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने योजना अगाडि सारेको छ।प्रहरीबाटै भ्रष्टाचार बढेपछि सरकारले नयाँ प्रहरीका वर्दीमा गोजी नराख्ने योजना ल्याएको हो।केन्याका राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान स्वरुप प्रहरीको पोशाकमा गोजी नराख्ने योजना ल्याइएको जनाइएको छ।

सरकारी अधिकारीहरुका अनुसार केन्याका प्रहरीमाथि बाटोमै घुस खाएका उजुरी दैनिक आउने गरेका छन्।वर्दीमा गोजी नभएपछि उनीहरुलाई घुस माग्न गाह्रो हुने विश्वास गरिएको छ।

प्रहरीहरुले भने यस योजनालाई सफल हुन नदिने बताएका छन्। उनीहरुले केही प्रहरीको गल्तीको सजाय सारा प्रहरीलाई दिन नहुने बताएका छन्। वर्दीको गोजीले प्रहरीको सुन्दरतालाई समेत बढाउने उनीहरको तर्क रहेको छ।

चर्चामा

सम्बन्धित समाचार