सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अष्ट्रेलियन बैंकको जागिर छोडेर आएकी अनुष्काले जितिन् मिस नेपालको ताज

अष्ट्रेलियन बैंकको जागिर छोडेर आएकी अनुष्काले जितिन् मिस नेपालको ताज

  • शुक्रबार, बैशाख २७, २०७६
अष्ट्रेलियन बैंकको जागिर छोडेर आएकी अनुष्काले जितिन् मिस नेपालको ताज

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्।कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्।उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।

अनुष्का अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन्। २३ वर्षीया उनी कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनाेट भएकी थिइन्। त्यसपछि उनी नेपाल फर्किएकी हुन्।

मिस नेपाल इन्टरनेशल मीरा कक्षपति भइन्। मिस नेपाल अर्थ २०१९ रिया बस्नेत भइन्। मिसनेपाल युनिभर्स उपाधि प्रदीप्ता अधिकारीले हात पारिन्। मिस सुपर न्यासनलको उपाधि रोज लामाले जितिन्। यो पटकको मिस नेपाल प्रतिस्पर्धामा २५ युवती सहभागी थिए। आयोजक हिडन ट्रेजरले उनीलाई करिब एक महिना लामो तालिम दिएको थियो।

चर्चामा

सम्बन्धित समाचार