• होमपेज
  • देश/प्रदेश
  • उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको आरोप

उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको आरोप

  • शुक्रबार, बैशाख २७, २०७६
उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको आरोप

धनगढी, २७ बैशाख ।
डाक्टरको लापरबाहीले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचाररत बालकको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् ।
टीकापुर  नगरपालिका–५, मनिकापुरका बीरबहादुर चौधरीका डेढ वर्षीय छोरा विपुल चौधरीको उपचारको क्रममा मायामेट्रोमा बिहीबार बिहान मृत्यु भएको हो । आन्द्रामा हर्नियाको समस्या देखिएपछि अस्पताल भर्ना भएका विपुलको तीन दिनअघि शल्यक्रिया गरिएको थियो ।
आफन्तका अनुसार उक्त अस्पतालका डाक्टर बिनय तिमिल्सिनाले हर्नियाको शल्यक्रिया गरेका थिए । मृतक बालकका बुवा बहादुरले चिकित्सकको लापरबाहीले आफूले छोरा गुमाउनु परेको बताए ।
‘हिजोसम्मबाबु ठीकै थियो, आज अचानक मृत्यु भयो ।’ बहादुरले भने, ‘डाक्टरले भनेकै अनसार स्याहार गरेका थियौँ । अहिले आएर डाक्टरले उल्टै आमाबुवाको लापरबाहीले बालकको मृत्यु भएको भन्दैछ ।’
डाक्टर तिमिल्सिनाले भने अस्पतालमै उपचाररत बालकका आफन्तहरूले पानी खुवाएका कारण फोक्सोमा गएपछि श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको बताएका छन् ।
‘अप्रेशन गरेको केही समयसम्म पानी अथवा झोलिलो पदार्थ खुवाइनु हुँदैन, तर बालकका अभिभावकले पानी खुवाएका कारण मृत्यु भएको हो’ डाक्टर तिमिल्सीनाले भने ।

चर्चामा

सम्बन्धित समाचार