• होमपेज
  • मनोरञ्जन
  • पहिलो दिनमै भाइरल भयो प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत, हेर्नुस् भिडियो

पहिलो दिनमै भाइरल भयो प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत, हेर्नुस् भिडियो

  • बिहिबार, बैशाख २६, २०७६
पहिलो दिनमै भाइरल भयो प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत, हेर्नुस् भिडियो

लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ ।
प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् ।

सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । ‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौं सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरुले अत्याधिक मन पराउने विश्वास लिएका छन् ।

यसैगरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकहरुको माया पाउने आशा गरेकी छिन् ।

भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

हेर्नुस् भिडियोः

चर्चामा

सम्बन्धित समाचार