शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • छब्बीस वर्ष यताकै कठोर सरकार : नेता सिंह

छब्बीस वर्ष यताकै कठोर सरकार : नेता सिंह

  • बुधबार, बैशाख २५, २०७६
छब्बीस वर्ष यताकै कठोर सरकार : नेता सिंह

दयारम पण्डित
बाजुरा, २५ बैशाख
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनीधि तथा पूर्व खेलकुद राज्यमन्त्री नरेस वहादुर सिंह ले के.पी.शर्मा ओली नेतृत्वको वर्तमान सरकार २६वर्ष यताकै कठोर सरकार भएको आरोप लगाएका छन् । बर्तमानसरकार कठोर मात्र हैन ,यो सरकार गठन भएपछि भ्रष्टाचार पनि उत्तीकै मौलाएको उहांको आरोप छ । नेतासिंहले सो कुरा नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुरा ले आज दिउसो सदरमुकाम मार्तडीमा आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रमको सम्बोधन गर्ने क्रममा ब्यक्त गरेका छन् ।
बहुदलीय ब्यबस्थामा गुण र दोषको आधारमा सर्मथन र विरोध जनाउने परम्पराछ हुन्छ । तर वर्तमान सरकार आफ्नो विरोध सुन्ने चाह्न्न । संसदीय ब्यबस्थालाई आँचआउने खालका अभिब्यक्ती प्रधान मन्त्रीओली वाट पटक पटक आउने गरेको । न्यायलय, प्रहरी प्रशासनलाई प्रभावमा पारेर नागरिक त्रसाउने गरेको र स्वतन्त्र प्ेसमाथि  यो वा त्योबाहानामा अंकुस लगाएको , संविधानको मर्म र भावना प्रतिकुल शब्द प्रयोग गरेर संसद तथा आम नेपाली नागरिकको आत्म सम्मानमा चोट पुुर्याएको आरोप लागएका छन । त्यसै गरी वर्तमान सरकारका पालामा ह्वाइवडी काण्ड सुनकाण्ड, निर्मला हत्याकाण्ड बालुवाटार जग्गा काण्ड , लगायतका तमाम काण्ड भएकाछन्। त्यसैगरी १० वर्षे जनयुद्धका कारण देश पचासों वर्ष पछाडि धकेलिएको आरोप लगाउनुुभएको छ । विगतका सरकारलाई काम गर्न धेरै अप्ठेरो थियो । यो सरकारलाई काम गर्न कुन अप्ठेरो छैन देशमा शान्ति र सम्विधान, संघीय ब्यबस्था आई सकेको छ । स्थानीय , प्रदेश संघीय जतातर्तै यो सरकार बहुमतमा छ तर, विकासको नाममा वर्ष वितिसक्दा सम्म १८ प्रतिसत विकास वजेट खर्च गर्न नसेको आरोप लगाउनुुभएको छ । अधिंकांस समय वर्तमान सरकारले गरेका क्रियाकलापको टिप्पणीमै खर्चिनुभएको नेता सिंहले कांग्रेसजनमा एकता , सत्रयिता र अनुशासित हुन आवस्यक रहेको वताउनुभएको छ । त्यसैगरी कांग्रेस नेता जनकराज गिरीले नेपाली कांग्रेसका समाजवादी नेता विपिकोइरालालाई स्मरण गर्नु हुंदै “विपि प्रधान मन्त्री हुंदा तत्कालिन समयमा आफुले पाउने २५ सय रुपैया तलभ घटाएर २ हजारमा झार्ने, मन्त्रीको तलभ २ हजारवाट १५ सय वनाउने । अहिले केपीओलीको वर्तमान सरकाले एउटा राष्ट्रपति सवारका लागि १८ करोड रुपैयाको गाडि किन्ने । जनता भने सडकमा भोक भोकै तड्पीने यहि हो? ” समाजवादी सर्वहारावर्गको सरकार भनेको यही हो ? प्रतिप्रशन गर्नु भएको छ । नेपाली कांग्रेसका नेता पूर्व सभाषद महानेपालीले बर्तमान अधिनायकवादी चरित्रको सरकारका क्रियाकलापको पर्दाफास गर्न कांगे्रसजन उठ्नुपर्ने, नागरिक जागरण ल्याउनुपर्ने धारणा राख्नुुभएको छ ।
कांग्रेस सल्लाहकार तथा बौद्धिक ब्यक्तीत्व रंगवहादुर खातीले नेपाली कांग्रेसले के ही गरेन भन्दा पनि देशको हितका निम्ती केगरेन शान्ति, संंविधान, संघीयता कार्यान्वयन कांग्रेसले ल्याएको तर, आफुले गरेका काम जनतालाई बुुझाउन नसक्दा कांगे्रसले हार ब्यहोरेको , पार्टीमा पुरस्कार दण्ड कारवाही र फुकुवा किन हुन्छ ? आम नागरिकले थाहाउपानुपर्ने कुरामा जोड दिनुभएको थियो । नेपाल महिलासंघकी केन्द्रीय सदस्य गोमा आचार्यले कम्युनिष्ट संग देश चलाउने तरिका नभएको आरोप लगाउनुु भएएको छ ।
त्यससंगरी महिलासंघ केन्द्रीयसदस्य जुनादानीले जनता जागेको नेता सुतेको अवस्था भएकोले नीति र नेतृत्व परिवर्तन हुनपनेृमा जो दिनुुभएको छ । कार्यकर्ता एकजुट भएर बर्तमान सरकारले गरेका कुकृतीको पर्दाफास गर्न र विगतमा कांग्रसले गरेका काम जनतालार्य स्मरण गराउन समृद्ध नेपाल निर्माणको खाका वारे जानकारी गराउन नेपाली कांग्रसले राष्ट्रिय जागरण अभियान गरेको नेपाली कांगे्रस जिल्ला कार्य समिति सभापति कविराज पण्ण्डितले बताउनुभएको छ । कार्यक्रमम ा नेपालीकांग्रसका सहसचिव तथा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकाया बडिमालिका नगरप्रमुख पदम बडुवाल, नेपाली कांग्रस नेता गुणकर जोशी , नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कर्णवहादुर थापा , रतनवहादुर अयडी नेपाल पे्रस युनियनका केन्द्रीय सदस्य दयारााम पण्डित , नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष पे्रमराज पाध्याय , तरणदलका अध्यक्ष कुम्भनाथ नेविसंघ अध्यक्ष जनक थापा लगायत दर्जनो कार्यकताले धारण राखेका थिए । कार्यक्रको वारेमा नेपाली कांग्रेस संगठन बिभाग प्रमुख धनराज पण्डितले जानकारकारी गराउनुुभएको थियो भने पार्टी सचिव रन्सिंह अयडीले कार्यक्रम सञ्चालन भएको थियो । सयो कार्यकर्ताको उपस्थिती थियो ।

चर्चामा

सम्बन्धित समाचार