शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका डिएसपी भाट सम्मानित

बाजुराका डिएसपी भाट सम्मानित

  • बुधबार, बैशाख २५, २०७६
बाजुराका डिएसपी भाट सम्मानित

लक्ष्मीराज पाध्याय
बाजुरा २५ बैशाख
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाट सम्मानित भएका छन् । बाजुरा जिल्लामा रहेको अनाथ बाल आश्रम नामक कन्सन बाजुराले डिएसपी भाटलाई सम्मानित गरेको हो ।
बुढिगगां नगरपालिकाका स्थपना गरिएको अनाथालय भवन उद्घाटन गरिएको कार्यक्रममा डिएसपी भाटलाइ सम्मानीत गरेको हो । डिएसपी भाटले बाजुरा जिल्लामा आएदेखि नै जिल्लाको समग्र शान्ति सुरक्षामा उल्लेखनीय कार्य गरी समुदायमा कुरिती, कुसंस्कार र समाजमा हुने सामाजिक सदभाव र अमन चयनमा खलल पुर्याउने गतिविधिलाई निरुत्साहित गर्न अहोरात्र खटी जनताको सुरक्षाको प्रत्याभुति प्रदान गरेकोले डिएसपी भाटलाई सम्मानित गरेको अनाथलय तथा कन्सन बाजुरा संचालक समितिका महासचिव पदम भण्डारीले बताएका छन । डिएसपी भाट बाजुरामा आएको ७ महिना वित्यो ७ महिनाको अवधिमा डिएसपी भाटले जिल्लामा शान्ति सुरक्षा दिन प्रतिदिन मजबुत बनाउँदै गएका छन् । दिनरात नभनेर जनताको सुरक्षामा खटिएर लागेका भाटलाई अहिले जिल्लामा सबै जनताहरुले साथ दिएका छन् ।
डिएसपी भाट बाजुरा जिल्लामा प्रवेश गरेदेखि नै गाउँमा रहेका स्थानीयहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न पाएको बाजुरा बासीले बताएका छन् । मदिरा उत्पादन तथा सेवनकै कारण समाजमा हिँसा हुने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले दिन प्रतिदिन मदिरालाई नियन्त्रण गर्न जिल्ला भरि नै मदिरा नियन्त्रण गर्ने अभियान चलाएको छ । मदिरा नियन्त्रण अभियान संचालन गरी महिला हिँसा कम भएकोमा शुभकामना आदाप्रदान कार्यक्रममा महिलाहरुले देउडा गित मार्फत डिएसपी भाटलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार