• होमपेज
  • समाचार
  • फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

  • मङ्लबार, बैशाख २४, २०७६
फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु
काठमाडौ : मुटुमा गम्भीर समस्या भएपछि उपचार गराउन पुगेकी एक बालिका चिकित्सकको लापरबाहीले ज्यान गएको छ।शल्यक्रिया गर्दा फरक समूहको रगत चढइएपछि पाँच वर्षीया बालिकाको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा सोमबार बिहान ज्यान गएको हो। मृतक बालिकाका आफन्त सुरेन्द्र शाहले शल्यक्रियाका क्रममा चिकित्सकहरुले फरक समूहको रगत चढाएपछि मृत्यु भएको बताए।‘ओ पोजेटिभ समूह रगत भएको नानीलाई ए पोजेटिभ समूहको रगत दिइयो। त्यहीकारण गम्भीर बिरामी उसले आज प्राण त्यागी‘, उनले भने। परिवारले चिकित्सकीय लापरवाहीका कारण बालिकाको ज्यान गएको बताएपछि अस्पताल प्रशासनले घटनाको छानबि थालिएको जनाएको छ। सर्लाहीको सिसौटियाकी ५ वर्षीया आकृति कुमारीको मुटुका दुवै भल्भ फेर्न परिवारले १३ वैशाखमा गंगालाल अस्पतालमा भर्ना गरेका थिए। उनको १७ वैशाखमा शल्यक्रिया भएको थियो। फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन् बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो। शल्यक्रियाअघि बालिकाको क्रियटिनिन् ०.३ एमजिडिएल थियो। शल्यक्रियाअघि तीन लाख १३ हजार प्लेटलेट रहेकी ती बालिकाको शल्यक्रियापछि ७ हजारमा झरेको बताइएको छ। अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काका अनुसार शल्यक्रिया सफल भएपछि बालिकाको मृत्यु भएको हो। परिवारले लगाएको आरोपबारे छानबिन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। ‘उपचारका क्रममा बिरामीको मृत्यु भएको हो’, उनले भने, ‘तर परिवारले लगाएको आरोपको पुष्टि छानबिनपछि थाहा होला । छानबिन समितिले अनुसन्धान गरिरहेको छ।’

चर्चामा

सम्बन्धित समाचार