• होमपेज
  • समाचार
  • गाडिमा आगलागी हुँदा एक जना घाइते

गाडिमा आगलागी हुँदा एक जना घाइते

  • मङ्लबार, बैशाख २४, २०७६
गाडिमा आगलागी हुँदा एक जना घाइते

अछाममा डिस्टिब्युटरमा आगलागी हुदा एक जना घाइते भएकाछन । आज दिउँसो ३ बजेर ५ मिनेटको समयमा मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत अछामको ठाटिखाद बिनायक सडक खण्डको बीचमा रहेको नौघाटे खोलामा कालोपत्रे अन्तर्गत पहिलो चरणको प्राइमकोट हाल्ने क्रममा डिस्टिब्युटरको पछाडीको भागमा आगलागी भए पछि डिस्टिब्युटरको पछाडि बसेका सहचालक टिकापुर घर भएका ३५ बर्सिय राम कृष्ण चौधरी घाइते भएका हुन् ।

चौधरीको शरीरमा आगो सल्किने क्रममा आत्तिएर चौधरीले सडक बाट करिब एक सय ५० मिटर तल हाम फाल्दा घाइते भएका हुन् । अहिले घाइतेको चौधरीको उपचार बिनायक स्वास्थ्य चौकीमा भइरहेको छ । आगलागीको कारण गाडी पुरै जलेर नस्ट भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग सब इन्जिनियर पुर्ण शाहिले जानकारी दिनुभयो। उक्त सडक खण्ड निर्माणको जिम्मा लुम्बिनी अनक ( राजेन्द्र जे . भि ) ले लिएको थियो भने अहिले काम लुम्बिनी अनक राजेन्द्र जेभि मार्फत पिके निर्माण सेवाले गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार