• होमपेज
  • देश/प्रदेश
  • प्रदेश राजधानी विराटनगर नै हुन्छ: मुख्यमन्त्री राई

प्रदेश राजधानी विराटनगर नै हुन्छ: मुख्यमन्त्री राई

  • सोमवार, बैशाख २३, २०७६
प्रदेश राजधानी विराटनगर नै हुन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी विराटनगर हुनेमा आशंका नगर्न बताएका छन् ।

मुख्यमन्त्री राइले प्रदेश सरकारका मन्त्रीहरु र आन्दोलनरत पक्षसँग विराटनगरस्थित बीग होटलमा भएको वार्तामा स्थायी राजधानी विराटनगर हुने भन्दै आश्वासन दिएका हुन् । प्रदेशको स्थायी राजधानी विराटनगर यथावत हुनुपर्ने माग गर्दै आन्दोलनकारीले विहानै देखी आमहड्तालमा उत्रेका थिए ।

विराटनगर महानगरवासीले प्रदेश १ को राजधानीको सम्पूर्ण संरचना विराटनगरमा राख्नुपर्ने माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेर आन्दोलनमा उत्रिएका थिए। बन्दले जनजीवन प्रभावित भएको थियो। यतायातका साधन चल्न सकेका थिएनन्।आन्दोलनकारीले बरगाँछीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको को१झ ६२४ नम्बरको गाडीमा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन्। मुख्यमन्त्रीको आश्वासनपछि विहानदेखि बन्द केहि सहज भएको छ ।

आन्दोलनकारीले केहि बेरमा बसेर आन्दोलन फिर्ता लिने जनाएका छन् ।मुख्यमन्त्रीको आश्वासन को खुसीयालीमा स्थानीयहरुले दिपावली मनाउन तयारी गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार