• होमपेज
  • खेलकुद
  • आयाक्सले जित्यो डच कप

आयाक्सले जित्यो डच कप

  • सोमवार, बैशाख २३, २०७६
आयाक्सले जित्यो डच कप

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको उपाधि दौडमा रहेको आयाक्सले डच कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा विलियमलाई ४–० गोलले हराउँदै आयाक्स च्याम्पियन बनेको हो ।

आयक्स सर्वाधिक १९ पटक डच कप जित्ने टोली हो । त्यसपछि फेएनोर्डले १३ पटक जितेको छ । यसपटक भने आयाक्सले नौ बर्षपछि उपाधि जित्न सफल भयो ।

एकपक्षीय खेलमा आयाक्सको जितमा डेले ब्वाइनडले ३८औं मिनेटमा गोलको खाता खोले । क्लास जाउन हुन्टेलारले ३९औं र ६७औं मिनेटमा दुई गोल थपे । ७६औं मिनेटमा रासमुस निशानले गोल गर्दै आयाक्सलाई फराकिलो जित दिलाए । यस सजिन उच्च लयमा देखिएको आायक्स च्याम्पियन्स लिगसँगै घरेलु लिगको पनि उपाधि दौडमा छ ।

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल खेलको पहिलो खेलमा आयाक्सले इङ्लिस क्लब टोट्टनहामलाई १–० गोलले हराएको छ । दोस्रो लेग यही बुधबार आयाक्सको मैदानमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार