• होमपेज
  • देश/प्रदेश
  • स्थायी राजधानी विराटनगर माग गर्दै आमहड्ताल

स्थायी राजधानी विराटनगर माग गर्दै आमहड्ताल

  • सोमवार, बैशाख २३, २०७६
स्थायी  राजधानी विराटनगर माग गर्दै आमहड्ताल

विराटनगर । देश संघीयतामा गएसँगै प्रदेश राजधानीको केन्द्र र नामाकरण गर्ने क्रम जारी रहेको छ । हाल सम्म सातवटा प्रदेश मध्य सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशले मात्र नाम र केन्द्रको टुङ्गो लगाएका छन् ।

प्रदेश नम्बर एकको अस्थायी राजधानी रहेको विराटनगरवासीले स्थायी राजधानी विराटनगर यथावत हुनुपर्ने माग गर्दै सोमबार आमहड्तालमा उत्रेका छन्। विराटनगर महानगरपालिका, उद्योगी व्यापारी र नागरिक समाजहरुको लगायतले स्थायी राजधानी घोषणा गराउन माग गर्दै बिहानै देखि हड्तालमा उत्रेका हुन् ।

प्राध्यापक डाक्टर भेषप्रसाद धमलाको संयोजकत्वमा महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह-संयोजक समितिले आन्दोलनको अगुवाई गरिरहेका छन् । आन्दोलनका कारण छोटो तथा लामो दूरीका कुनै पनि यातायातका साधन चलेका छैनन भने शैक्षिक संस्थाहरु ठप्प भएका छन् ।

बन्दलाई संघीय समाजवादी, राजपा र कांग्रेसले पनि सर्मथन गरेका छन् ।  बन्दका कारण सर्वसाधरण र यात्रुहरु मर्कामा परेका छन् ।

नेपालपाटीबाट

चर्चामा

सम्बन्धित समाचार