• होमपेज
  • समाचार
  • कर्णाली सफा अभियानमा प्रदेश सांसद बल्देब रेग्मिको सहभागिता

कर्णाली सफा अभियानमा प्रदेश सांसद बल्देब रेग्मिको सहभागिता

  • शनिबार, बैशाख २१, २०७६
कर्णाली सफा अभियानमा प्रदेश सांसद बल्देब रेग्मिको सहभागिता

बडिमालिका समचार
बैशाख, २१ बाजुरा
कर्णाली नदि सफा अभियानमा शुदुरपश्चिम प्रदेशका सांसद बल्देब रेग्मिले पनि साथ दिएका छन् । बाजुरा प्रदेश क बाट निर्वाचित सांसद शनिवार आफै बाजुराको पिलिचौर क्षेत्रमा रहेको कर्णाली नदिमा गएर सफाई अभियानमा साथ दिएको नागरिक समाजका संयोजक जनेश भण्डारीले वताएका छन् ।
नागरिक समाजको अगुवाईमा भएको सरसफाई अभियान सांसद बल्देब रेग्मिले दिनभरी कर्णाली किनारमा फोहोर टिप्ने काम गरेका थिए । बाजुरा आएको बेला सधै एक दिन भएपनि कर्णाली नदिमा पुगेर सरसफाई अभियानमा साथ दिने समेत बताएका छन् । कर्णाली नदि दिनप्रति दिन फोहोर बन्दै गएपछि नागरिक समाजले सफा अभियान चलाएको छ । गाँउ बस्ति र बजारबाट निस्कने फोहोर कर्णाली नदिमा फ्याक्ने कारणले नदि दुर्घन्धित बन्दै गएपछि कर्णाली सफा अभियान चलाएको नागरिक सेवा सरोकार मञ्च बाजुराका अध्यक्ष जनेश भण्डारीले वताएका छन् ।
नागरिक सेवा सरोकार मञ्चले कर्णाली नदिको छेउमा रहेको फोहोर संकलन गरेर ब्यबस्थित गर्ने काम शुरु गरेको छ । हप्ताको एकदिन प्रत्येकले कर्णाली नदि छेउछाउमा सफा गर्ने गरेको अध्यक्ष जनेश भण्डारीले वताएका छन् । बिदाको दिनको सदुपयोग गरेर हप्ताको शनिवार नदि सफा गर्ने गरेको उनले वताए ।
बाजुराको भागमा पर्ने कवाडी देखी कालिकोटको लालु सम्म ४४ किलोमिटर कर्णाली नदिको छेउछाउमा नागरिक समाज, ब्यापारि र प्रहरीले सफा अभियान लागेका छन् । स्थानिय सरकारलाई फोहोर ब्यबस्थित गर्न र कर्णाली नदिमा जथाभाबि फोहोर फाल्नेलाई कार्यवाहि गर्नका लागि नागरिक समाजले दवाफ दिइरहेको छ । साथै कर्णाली नदिको छेउछाँउमा खौला शौच गर्न समेत रोक लगाएका छन् ।
बाजुरा, हुम्ला, मुगु, अछाम, दैलेख हुदै बग्ने कर्णाली नदि दिनप्रतिदिन दुषित बन्दै गएको छ । गाँउ बस्ति र बजारबाट निस्कने फोहोर कर्णाली नदिमा फ्याक्ने कारणले नदि दुर्घन्भित बन्दै गएको छ । त्यो सँगै नदिमा खुला शौच गर्नाले नदि फोहोर बन्दै गएको छ । कर्णाली नदिको तिर तिरै बाट कर्णाली करीडोर सड्क निर्माण पछि सड्क छेउमा बजार बन्दै गएका छन् । ठाँउ ठाँउमा बजार र सड्क नजिकै बस्ति सरेपनि फोहोर ब्यबस्थापन नहुँदा नदि दुर्गन्धित बन्दै गएको छ । सडक् बिस्तार सँगै ठाँउ ठाँउमा बजार स्थापना भएका छन्, बजार बाट निस्कने सबै फोहोर बस्तु कर्णाली नदिमा फाल्ने गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार