• होमपेज
  • अर्थ/वाणिज्य
  • बेर्ना बिक्री गरेर मनज्ञे आम्दानी गर्दै बृद्ध

बेर्ना बिक्री गरेर मनज्ञे आम्दानी गर्दै बृद्ध

  • शनिबार, बैशाख २१, २०७६
बेर्ना बिक्री गरेर मनज्ञे आम्दानी गर्दै बृद्ध

विनिस्ता धामी
बैशाख, २१ बाजुरा
बडिमालिका नगरपालिका ६ वलेनाका देब नाथले बेर्ना बिक्रि गरेर मनज्ञे आम्दानी गरेका छन् । उमेरले देब ६९ पुगेका छन् । उमेर ढल्कीदै गएका नाथ यतिवेला बेर्ना उमार्न र बिक्री गर्नमै ब्यस्त देखिन्छन् ।
नाथ बेर्ना बिक्रीगरेरै नाथले त्रैमाशिक रुपमा ३० देखि ६० हजार रुपैंयासम्म आम्दानी गर्दै आएका छन् । ब्यबसायिक रुपमा कृर्षि खेती गर्दै आएका उनी पछिल्लो समयमा आफ्नै बारिमा नर्सरी बनाएर विभिन्न किसिमका बेर्ना उमार्छन् । खुर्सानी, कागती, टिम्मुर, भेन्टा, लगाएतका बेर्ना उमार्नु र बिक्रिी गर्नु आजकाल उनको दैनिकी बनेको छ ।
हुनत नाथले १२ बर्ष स्कुलमा जागिरी पनि गरे । कामका सिपालु नाथले सिकर्मी डकर्मी काम गर्नपनि पछि परेनन् । तर, उनले त्यो ब्यबसायबाट घरधन्दा चलाउन नसक्ने ठम्याए पछि यो पेशामा लागेको बताउँछन् । जीवनको उत्तरार्ध तिर भएपनि नसरी ब्यबसायमा लागेकोले घरधन्दा चलाउन सजिलो भएको नाथले खुशी ब्यक्त गरे । नर्सरी बनाएर बेर्ना उमार्न सुरु गरेको तिन बर्ष भयो । पहिलो र दोस्रो बर्ष भन्दा यो बर्ष बेर्ना उत्पादन राम्रो भएको छ । यो बर्ष कागती, सुन्तला, अनार, टिम्मुर, ओखरको बेर्ना विक्री गरेर ६० हजार रुपैंया भन्दा बढि आम्दानी भएको छ ।
स्थानीय जातको विऊ, प्राङ्गारिक मलको प्रयोग माटो सुहाउदो खेतीवारी आफ्नो बिशेषता भएको उनले वताए । बिद्यालयमा परिचर स्तरको कर्मचारी हुँदा मासिक ५ हजार रुपैंया सम्म कमाई हुन्थ्यो भने अहिले बेर्ना विक्री गरेर ६० हजार भन्दा बढि आन्दानी हुन्छ, नाथले भने । बेर्ना विक्री गर्नका लागी नजिक बजार छैन । यद्येपी सुलभ सडक यातायात हँु्दा सदरमुकाम मार्तडी लगायतका स्थानयि हाटवजारमा विक्री गर्छन् ।
तरकारी तथा फलफुलको बेर्ना उमार्दा उचित मुल्य पाएको उनको भनाइ छ । बार्षिक ३ लाख रुपैंया बढिको बेर्ना विक्री गर्छन । बेर्नाको आम्दानी बाट घर खर्च र बालबालिकाको पढाइ खर्च चलाउन सजिलो भएको छ । बचेको रकम विभिन्न बित्तीय सँघ संस्थामा बचत गर्दै आएको उनि बताउँछन् । उचित बजार अभाब हँुदा कहिले कही बेर्ना खेर जान्छ तरपनि घाटा भने नभएको नाथको बताए ।
स्थानीय स्तरको उत्पादित बेर्ना बजारीकरण गरिदिए ब्यापार गर्न सजिलो पार्न नाथले सम्बध अधिकारी समक्ष मागपनि राखेका छन् । ब्यापार गर्न स्थानीय बजारका साथै जिल्लाका गौमुल गाँपालिका, बडिमालिका नगरपालिका, बुढिगँगा नगरपालिका र छेडेदह गाउँपालिका लगायतका स्थानीयतहमा आफ्नो उत्पादित बेर्ना बिक्री गर्दछन् । स्थानीय स्तरमा बेर्ना उमारेर तरकारी र फलफुलको बेर्नाको लागि परनिर्भरहुनु पर्दैन, स्वदेशमै उत्पादन गर्न सकिन्छ । बाजुराको माटो सुहाउँदो खेती गर्न सके गाउँमै सुन फाउन सकिन्छ भन्ने अगुवा कृषक नाथको कृषी प्रतिको मोहलाई बलियो उदाहरणका रुपमा लिन सकिन्छ । वर्षेनी हजारौंको सँख्यामा बिदेशीएका युवालाई देशमै स्वरोजगार वनाउन कृषीमै आत्म निर्भर वनाउन सक्ने तर्क नाथको छ । नेताले चुनावका वेला आएर बलिया नारा र युवालाई आश्वासन दिएर मात्र हुदैन । बाजुराका नेता प्रति कटाक्ष गर्दै बृद्ध कृषक नाथले भने ः कृषीमा यन्त्रिकीकरणको भाषण हैन काममा कृषी आधुनिकीकरण गरी लाखौं युवा—युवतीलाई रोजगार दिनु पर्ने बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार