• होमपेज
  • समाचार
  • हिसा रोकथाम तथा न्युनिकरण बारे छलफल

हिसा रोकथाम तथा न्युनिकरण बारे छलफल

  • शुक्रबार, बैशाख २०, २०७६
हिसा रोकथाम तथा न्युनिकरण बारे छलफल

बडिमालिका समचार
बैशाख, २० बाजुरा
सदरमुकाम मार्तडीमा हिसां रोकथाम तथा न्युनिकरण बारे छलफल सम्पन्न भएको छ । ओपेरोन नाम गैर सरकारी संस्थाको आयोजना युएनएफिय र नर्वेजीयन राज दुतावासको सहयोग छलफल भएको थियो ।
लैङ्गिकतामा आधारित हिसा रोकथाम बारे जिल्ला स्तरीय सरोकारवाला सँग छलफल गरिएको ओपेरोनका कार्यक्रम संयोजक राधा आर्चायले वताएकि छन् । छलफलमा बाजुरामा जिल्लामा स्थापना भएको सेभ हाउस सञ्चालन र भाबि योजना बारेमा समेत छलफल भएको थियो । अहिले केही गैर सरकारी संस्थाले सहयोग गरेको भएपनि दिर्घकालिन सञ्चालन गर्ने बारे बहस भएको थियो । सेभ हाउस स्थापना भए देखि अहिले सम्म २ सय ७ जना हिशां पिडित महिलाले सेवा लिइसकेका छन् ।
बाजुरा जिल्लामा पछिल्लो समयमा भइरहेको लैङ्गिक हिसांका बारेमा छलफल भएको थियो । त्यस्तै न्युनिकरणमा सरोकारवालाको भुमिका बारेमा बहस भएको थियो । छलफल कार्यक्रमको अध्यक्षता सेभ हाउस निर्देशन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण ओपेरोनकी राधा आर्चाय र जपाइगोका रमेश थापाले गरेका थिए । कार्यक्रममा युएनएफिका केन्द्रिय कोडिनेटर श्याम थापा र शुदुरपश्चिम कोडिनेटर मदन सिं बागचन लागयत सरोकारवालाको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार