• होमपेज
  • समाज
  • केपीले बनाएको अनाथ वालगृह

केपीले बनाएको अनाथ वालगृह

  • शुक्रबार, बैशाख २०, २०७६
केपीले बनाएको अनाथ वालगृह

प्रकाश सिंह
बाजुरा, २० बैशाख
बाजुराको बुढिगंगा नगरपालिको २ ताप्रामा अनाथ वालवालिका लागि बालगृहको निर्माण भएको छ । अनाथ वागृहका लागि कान्छा सामाजिक अभियान्ता केपी खनालले चन्दा संकलन बाट निर्माण गरेका छन् । ५० लाखमा निर्माणमा भएको वालगृहमा ४३ लाख रकम संकलन भइसकेको छ भने, ७ लाख उदारोमा रहेको वालगृहले जनाएको छ ।
कन्सन बाजुरा नामक अनाथ संस्था दर्ता भई अनाथ वालवालिकालाइ लालपन पालन र शिक्षा शुरु गरेको छ । भवन निर्माणका लागि केपी खनाल कन्सन बाजुराका संसथापक अध्यक्ष गणेश थापाले देश बिदेशमा चन्दा संकलन गरेका थिए । अहिले सम्म जम्मा भएको रकम चन्दा संकलन नै हो, अझै भवन निर्माणको रकम तिर्नका लागि सहयोगी हातहरुको आबश्यकता रहेको संस्थापक अध्यक्ष गणेश थापाले वताए । तिन वटा भवन निर्माण भएका छन् । चार कोठाको छात्रा आबास, चार कोठाको छात्र आवास र ४ कोठाको भान्छा कोठा निर्माण भएको छ । भवन निर्माणका लागि जग्गा भने स्थानियले निशुल्क हस्तान्तरण गरेका थिए ।
२०७२ सलामा स्थापना भएको कन्सन बाजुराले जिल्लामा साहाराविहिन अनाथ १४ जना वालवालिकाले साहारा पाईरहेका छन् । आमा बुवा नभएका जिल्लामा पिडित वालवालिकालाई सहयोग गरिरहेका छौ, कतै बाट सहयोग भएको छैन्, चन्दा संकलन र गाँउलेको सहयोग मार्फत अनाथ वालवालिकाको सहयोग गरिरहेको संस्थाका महासचिब पदम भण्डारीले वताएका छन् । वालगृहमा १४ जना रहेका छन् । १३ जना बसन्त वालमैत्रि प्राबि र १ जना धुरालसैनमा माबिमा अध्यनरत रहेका छन् ।
क्लिन काष्ठडमण्डप अभियान सञ्चालन गरि काठमाडौ सरसफाई अभियान सञ्चालन गरदै आएका खनाल अनाथ वालवालिकाको सहयोग अभियानमा लागेको वताए । काठमाडौ सरसफाई अभियान सँगै बाजुरामा रहेका अनाथ वालवालिकालाई सहयोग पुगोस भन्ने उद्देश्यले काठमाडौमा १ जना बाट १ हजार अभियान पनि सञ्चालन गरेका थिए । आमावावु नहुँदाको पिडाले वालवालिका साहारा विहिन बन्नु पर्ने अबस्थाले गर्दा अनाथ वालवालिका लागि सहयोग होस भन्ने उद्देश्यले अभियान सञ्चालन गरेको वताए ।
केपि खनालको पहलमा बनेको वालगृह बैशाख २५ गते शुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष तथा पुर्व उद्योग मन्त्रि कर्ण बहादुर थापा प्रमुख अतिथि र राजेश हमालेको बिशेष आतिथ्यमा हस्तान्तरण हुने भएको छ । त्यस्तै कार्यक्रममा नेपाल आइडल सिजन २ का बिजेता रवि ओड, गायक टंक तिमिल्सेना, गायीका रेखा जोशी समेत सहभागि हुने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार