• होमपेज
  • समाचार
  • गाँउमा बित्तिय ज्ञान दिदै राष्ट्र बैक

गाँउमा बित्तिय ज्ञान दिदै राष्ट्र बैक

  • शुक्रबार, बैशाख २०, २०७६
गाँउमा बित्तिय ज्ञान दिदै राष्ट्र बैक

प्रकाश सिंह
बैशाख २० बाजुरा
नेपाल राष्ट्र बैकले बैकको पहुँचमा नपुगेका स्थानियलाई बित्तिय ज्ञान दिदै आएको छ । बैकको कम पहुँच भएका ठाँउमा आधारभुक्त तहको बित्तिय चेतना फैलाउन काम भइरहेको नेपाल राष्ट्र बैक धनगढीका निर्देशक निश्चल अधिकारीले वताएका छन् ।
नेपाल राष्ट्र बैकले बाजुरामा बैकको पहुँचमा पछाडी परेका वर्गलाई बचत, कर्जा, खाता खोल्ने तरिका उद्यम शिलताका बारेमा जानकारी गराएको बाणिज्य बैक बाजुरा शाखाका प्रबन्धक जितजङ्ग सिंहले वताएका छन् । बैकको पहुँचमा नरहेका र बित्तिय ज्ञान नभएकालाइ राष्ट्र बैकले बाजुरामा पनि चेतना फैलाउने काम गर्दै आएको सिंहले वताए । नेपाल सरकारले एक बैक एक खाता कार्यक्रम पनि बैशाख वाट लागु गरेको छ ।
बाजुरामा पहिलो पटक सदरमुकाम मार्तडीमा स्थानियलाई भेला गरेर कार्यक्रम गरेको राष्ट्र बैकले जनाएको छ । १४ देखी ६० बर्ष ४२ जना सहभागि गराएको थियो । नाम नै नलेख्न जान्ने १६ जनाको सर्वशाधारणको सहभागि रहेको थियो । बडिमालिका नगरपालिका ९ बस्ने जमुना विकले भनिन्, बैकको बारेमा कुनै जानकारी पाएको थिएन, पहिलो पकट जानकारी पाएको वताईन् । त्यस्तै अस्मिता रोकायाले पनि बित्तिय संस्था बारेमा पहिलो पटक जानकारी पाएको वताए । नेपाल राष्ट्र बैक धनगढीका निर्देशक निश्चल अधिकारी, उप निर्देशक मनोज पोखरेल साहयक निर्देशक नरेन्द्र बहादुर चन्द, प्रेम चन्द्र ठकुरी सहितको टोली बाजुरा पुगेर बित्तिय ज्ञान दिएका छन् ।
शुदुरपश्चिम प्रदेशमा बैकको पहुँच निकै कम भएकाले बित्तिय ज्ञान निकै आबश्यक रहेको राष्ट्र बैकले जनाएको छ । यो प्रदेशमा कुल जनसंख्याको २२ प्रतिशतको बासिन्दाको बैकमा खाता रहेको छ, त्यसैमा महिला बैकमा पहुँच निकै कम रहेको राष्ट्र बैक धनगढीका निर्देशक निश्चल अधिकारीले वताएका छन् । बैकको पहुचमा महिला र पछाडी परेका वर्गलाई पुयाउनु लक्ष्य रहेको अधिकारीले वताए । शुदुरपश्चिम प्रदेशमा ६० अरब निक्षेप रहेको छ भने ८० अर्ब कर्जा रहेको छ । यो प्रदेशमा ६ सय ५ वटा बैकका शाखा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार