• होमपेज
  • देश/प्रदेश
  • प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी

प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी

  • शुक्रबार, बैशाख २०, २०७६
प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी

काठमाण्डाै‌ २० बैशाख । प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी भएको छ। प्रदेश ३ मन्त्रिपरिषद्का एक सदस्यका अनुसार बाग्मती नाम राख्ने राजनीतिक सहमति जुटिसकेको छ।

‘राजधानी हेटौंडा नै कायम गर्ने तयारी छ,’ ती सदस्यले सेतोपाटीसँग भने।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेताहरुले हेटौंडा नै राजधानी राख्न प्रदेश ३ लाई सुझाव दिएका छन्।

‘नाम राख्ने विषय अन्तिम चरणमा प्रवेश गरेको छ,’ प्रदेश ३ का मुख्यमन्त्री डोमरणी पौडेलले सेतोपाटीसँग भने, ‘अघिल्लो अधिवेशनबाट नै हामीले नाम टुङ्ग्याउन खोजेका थियौं। अधिवेशन अन्त्य भयो। तर यसपटकको अधिवेशनबाट हामी टुंगोमा पुर्‍याउछौं।’

प्रदेश ३ को नाम ताम्सालिङ-नेवा, बाग्मती राख्न प्रस्ताव आएका थिए। त्यो भन्दा धेरै राजधानीको विषय उठ्दै आएको छ। हेटौंडाबाट काभ्रे अथवा भक्तपुरमा राजधानी राख्ने प्रस्ताव समेत उठ्दै आएको छ।

यसअघि प्रदेश ४ ले गण्डकी नदीको नाममा प्रदेशको नामाकरण गरिसकेको छ।

त्यस्तै, प्रदेश ६ ले पनि कर्णाली नदीकै नाममा प्रदेशको नाम राखिसकेको छ। प्रदेश १ ले नाम कोशी राख्ने तयारी गरिरहेको छ।

सेतोपाटीबाट

चर्चामा

सम्बन्धित समाचार