• होमपेज
  • मनोरञ्जन
  • महँगा टीभी कलाकार, कतिसम्म कमाउँलान् ?

महँगा टीभी कलाकार, कतिसम्म कमाउँलान् ?

  • शुक्रबार, बैशाख २०, २०७६
महँगा टीभी कलाकार, कतिसम्म कमाउँलान् ?

एजेन्सी : टेलिभिजनमा काम गर्ने कलाकारले कतिसम्म कमाउँलान् ?  विदेशमा पनि नेपाली सञ्चार उद्योगकै जस्तो अवस्था होला त टेलिभिजन कलाकारको ?  नेपाली सञ्चार उद्योगको अवस्था देख्ने र भोग्नेले विदेशी टीभी कलाकारले एउटै एपिसोडको साढे चार करोडदेखि पाँच करोडसम्म पारि श्रमिक लिन्छन् भन्दा अनौठो मात्र होइन अपत्यारिलो लाग्न सक्छ ।

यो कमाइ एचबीओ टेलिभिजन च्यानलमा आउने बहुचर्चित सिरिज ‘गेम अफ थ्रोनका कलाकारको हो । यसको आठौं संस्करण १४ अप्रिलबाट चलिरहेको छ । अघिल्ला सातै सिजन हिट भएको उक्त सिरिजलाई अन्तिम सिजनको रूपमा लिइएको छ । यसमा कम्तीमा पाँच कलाकारले एउटै एपिसोडको पाँच करोड हाराहारीमा आम्दानी गर्दै आएका छन् ।

यो सिजनमा एचबीओ च्यानलमा दुुई एपिसोड टेलिकास्ट हुनेछन् । एमिलिया क्लार्क डेनरस टारगेरियनको भूमिकामा छिन् । उनी एउटा एपिसोडको सात लाख १० हजार डलर अर्थात् चार करोड ९५ लाख रुपैयाँसम्म लिन्छिन् । उनीसँग ९० करोड बढी सम्पत्ति छ । किट हैरिंगटन पनि एउटै एपिसोडको पाँच करोड हाराहारीमा कमाइ गर्छिन् ।

उनको नाम सिरिजमा एगन टागेरियनको रूपमा चर्चित छ । त्यस्तै, पिटर डिंकलेज टिरियन लेनिस्टारको भूमिकामा छन् । उनको पनि कमाइ उस्तै छ । त्यस्तै, सर्सी लेनिस्टारको भूमिकमा रहेकी लीना हेडी पनि पाँच करोड पारि श्रमिक लिन्छिन् । उनीसँग ६३ करोडको हाराहारीमा जगेडा रकम छ ।

कोला कोस्टर वाल्डो अर्थात् जैमी लेनिस्टारको भूमिकामा छिन् । सर्सी जैमी र टिरियन तीन भाइबहिनी हुन् । जैमी आफ्नी बहिनी सर्सीसँगको प्रेममा छन् । उनको पनि कमाइ उस्तै छ । झन्डै पाँच करोड एउटै एपिसोडबाट लिन्छिन् ।

मैसी विलियम आर्या स्टार्कको रोलमा देखिन्छन् । उनी उक्त सोसँग जोडिँदा केवल १३ वर्षकी मात्र थिइन् । उनी अलगअलग पहिचानमा देखिइन् । सुरुमा एक लाख ५० हजार डलर कमाउने उनी अहिले दुई लाख १० हजार डलर कमाउँछिन् ।

सोफी टर्नर सान्साको रोलमा छिन् । सान्सा आर्याकी बहिनी हुन् । उनको पनि एउटा एपिसोडको कमाइ दुई लाख १० हजार डलर थियो । हाल एउटा एपिसोडको दुई लाख १० हजार डलर पाउँछिन् । उनको पनि सम्पत्ति झन्डै २८ करोड छ ।

चर्चामा

सम्बन्धित समाचार