• होमपेज
  • देश/प्रदेश
  • कैलालीको एक जंगलमा युवा–युवती मृत फेला

कैलालीको एक जंगलमा युवा–युवती मृत फेला

  • बिहिबार, बैशाख १९, २०७६
कैलालीको एक जंगलमा युवा–युवती मृत फेला

धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा रहेको एक जंगलमा दुई जना मृत फेला परेका छन्। नगरपालिकाको वडा नम्बर–३ मा रहेको कालिका सामुदायिक बनमा दुई जना मृत फेला परेका हुन्। स्थानीय २३ बर्षीय शिवराज चौधरी र जोशीपुर गाउँपालिकाकी २५ वर्षकी निर्मला चौधरी मृत फेला परेकी हुन्। शवलाई पोष्टमार्टमका लागि धनगढी ल्याईएको छ। किरा पर्न थालेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरिक्षक यक्षराज जोशीले बताए। मृत फेला परेकी युवती विवाहीत हुन् भने युवक अविवाहित रहेको उनले जानकारी दिए। विवाहित महिलाले केहि दिन अगाडी मात्रै माईती घर फोन गरेर श्रीमानले यातना दिएको र आत्महत्या गर्ने बताएको पनि आफनतले जानकारी दिएका छन्। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार