• होमपेज
  • देश
  • काठमाडौं उत्यकासहित ६ जिल्लामा हावाहुरी

काठमाडौं उत्यकासहित ६ जिल्लामा हावाहुरी

  • बुधबार, बैशाख १८, २०७६
काठमाडौं उत्यकासहित ६ जिल्लामा हावाहुरी

काठमाडौं : काठमाडौं उत्यकासहितका जिल्लामा हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ।साँझदेखि काठमाडौं, ललितुपुर, भक्तपुर, चितवन, धादिङ, नुवाकोटमा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन्।स्थानीय वायुको सक्रियता र पश्चिमी वायुको प्रभावले हावाहुरी आएको उनले बताइन्। देशका अन्य भागमा पनि आकाशमा बादल देखिएकाले वर्षाको सम्भावना रहेको उनको भनाइ छ। नगरकोटी पूर्वको पहाडी भुभाग र पश्चिमको आकाशमा बाक्लो बादल रहेको छ।हरीले सेल्सवेरी डिपार्टमेन्टबाट ८ लाख ८४ हजार ३३९ रुपैयाँ चोरी गर्ने एक जनालाई गोगंबुबाट पक्राउ गरेको छ ।ललितपुर महानगरपालिका–१५ मा स्थित रहेको सेल्सवेरी डिर्पाटमेन्टबाट नगदसहित चोरी गर्ने सोही सेल्सवेरी डिर्पाटमेन्टका पूर्वसेक्रेटी रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका –१ घर भई हाल ललितपुर महानगरपालिका –२० मचागल बस्ने वर्ष २८ का इन्द्रबहादुर घिसिङ रहेका छन् ।यसरी योजना बनाए इन्द्रबहादुरले चोरीकोप्रहरीका अनुसार इन्द्रबहादुरले २ दिनअघि नै सेल्सवेरी डिपार्टमेन्टमा चोरी गर्ने योजना बनाउँछन् । इन्द्रबहादुरले चोरीको योजना बनाएको कुरा प्रहरी समक्ष स्वीकारेको डीएसपी मिश्रले बताए ।सो योजना अनुसार

इन्द्रबहादुर वैशाख ५ गते साँझ ७ बजेतिर लगनखेल पुग्छन् । सेल्सवेरी कति बजे बन्द हुन्छ इन्द्रबहादुरलाई थाहा छ । किनकि उनले उक्त सेल्सवेरीमा सेक्रेटीको काम गरिसकेका छन् ।बन्द हुने समयतिर इन्द्रबहादुर सेल्सवेरीभित्र पस्छन् । त्यतिबेला रातीको ८ बजिसकेको हुन्छ । सिधै शौचालय गएका उनी त्यहीँ लुकरे बसे । त्यहाँ कार्यरत सबै कामदारहरु ‘चेक आउट’ गरेर आ–आफ्नो घर जाँदा रातीको १० बजिसकेको थियो ।शौचालयबाट निस्केर इन्द्रबहादुरले कामदारहरुले लगाउने कपडा खोज्छन् । त्यहाँ काम गरिसकेका इन्द्रबहादुरलाई कपडा कहाँ राख्ने गर्छन सबै थाहा थियो । सोही अनुसार त्यहाँको कामदारको कपडा लगाएर चार हातखुट्टा टेकेर उनी भित्र पस्छन् । सेल्सवेरी डिपार्टमेन्टको भित्र पसेका इन्द्रबहादुरे सिधै काउन्टरको चाबी खोज्न थाल्छन् । काउन्टरको चाबी राख्ने ठाउँ पनि थाहा भएका इन्द्रबहादुरले स्टोरको सेफ खोली सेफभित्र रहेको ८ लाख ८४ हजार रुपैयाँ लिएर उनी साढे १२ बजेतिर त्यहाँबाट निस्कन्छन् ।भोलीपल्ट सेल्सवेरीका स्टाफले स्टोर खोल्दा चोरी भएको थाहा पाउँछन् । र, तत्कालै प्रहरीलाई खबर गर्छन् । सातदोबाटो वृत्तका डीएसपी मिश्रका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेका इन्द्रबहादुरको पुरानो सेक्रेटीसँग हुलिया मिल्यो । अनुसन्धान गर्ने क्रममा उसको घरमा पनि पुगेको मिश्रले बताए ।घरमा पनि मिश्रलाई नभेटेपछि प्रहरीलाई झनै शंका भयो । एकजना व्यक्तिको सहायतामा सातदोबाटो वृत्तबाट खटिएको प्रहरी टोलीले इन्द्रबहादुरलाई गोगंबुस्थित एक म्यानपावरबाट पक्राउ गरेको डीएसपी मिश्रले बताए ।पक्राउ परेका इन्द्रबहादुर हाल सातदोबाटो वृत्तमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार