• होमपेज
  • बाजुरा बिशेष
  • समचार प्रभाब : अलपत्र परेका भाइबहिनी एसोएसको संरक्षणमा

समचार प्रभाब : अलपत्र परेका भाइबहिनी एसोएसको संरक्षणमा

  • बुधबार, बैशाख १८, २०७६
समचार प्रभाब : अलपत्र परेका भाइबहिनी एसोएसको संरक्षणमा

बडिमालिका समाचार
बाजुरा, १८ बैशाख
हिमाली गाँउपालिका ६ पाडिमा आमाको मृत्यु र बुवा बिरामी भएपछि अलपत्र परेका ३ जना दलित भाई बहिनिलाइ एसोएस बालग्राम काठमाडौले संरक्षण गर्ने गरी लगेको छ । आमाको मृत्यु बुवा बिरामीले अस्पतालको शैयामा भएपछि भाइबहिनि अलपत्र समचार बडिमालिका खबरमा प्रकाशित पछि उनिहरुलाई एसोएस वालग्रामले संरक्षण गर्ने गरि लगेको एसोएस वालग्राम भक्क्तपुरका प्रमुख खगेन्द्र नेपालले वताएका छन् ।
एसोएस वालग्राम भक्क्तपुरले ११ बर्षका प्रबिन्द्र लुवार, ९ बर्षका सुमना लुवार र २ बर्षिय प्रीया लुवार लगेको छ । समचार प्रकाशित पछि हामीले खबर पायौ, स्थालगत अध्ययन गरेर उनिहरुको अबस्था निकै दयनिय पाईसकेपछि एसोएसले शिक्षा दिक्षा र पालनपोषणको जिम्मा लिएको एसोएस वालग्राम धनगढीका प्रमुख पदम हमालले वताए । स्थलगत अध्यनका लागि एसोएस वालग्राम भक्क्तपुरका प्रमुख खगेन्द्र नेपाल, एसोएस वालग्राम धनगढीका पदम हमाल सहित बाजुरा पुगेका थिए ।
आमा बञ्चि लुवारको गएको साउनमा मृत्यु भएको थियो, भने बुवा शान्त लुवार मुटु र फोक्सोको रोगले ग्रसित छन्, उहाँको काठमाडौमा रहेको बिर अस्पतालमा उपचार भइरहेको छ । बुवा लामो समय देखी बिरामी हुनुहुन्छ, आमाको मृत्यु भइसकेको छ, आफुहरु बिचल्लीमा रहेको प्रबिन्द्र लुवारले वताएका थिए । आमाको आर्थिक अभावमा उपचार हुन नसकि गएको साउनमा मृत्युु भएको थियो । बुवा पनि अहिले काठमाडौको अस्पतालमा उपचार गरिरहेको उनले वताए ।
त्यस्तै बुढिगंगा नगरपालिका ९ का ५ बर्षका अविशेष थापालाई पनि एसोएसले संरक्षणका लागि लगेको सामाजिक अगुवा नरेन्द्र थापाले वताए । बुवा भक्त थापा र आमाले अर्को बिहे गरेर गएपछि अविशेष साहारा बिहिन बनेका थिए । बुढी बज्यै लछु थापाको साहारामा बस्दै आएका उनलाई एसोएस वालग्रामले लिएको थापाले थपे ।
काठमाडौमा उपचार गरिरहेका शान्तले भने आफु बिरामीले ग्रस्त छु कुन बेला के हुने हो कुनै थाहा छैन्, घरमा कोही छैन्, एसोएसले लगेपछि खुशी भएको वताए । अरुको मागेर पाल्ने गरेको थिए, अब उनिहरु केही नभए राम्रो सँग त खाना पाँउला शान्तले फोन मार्फत भने । शान्तको परिवार आर्थिक अभाबमा निकै कमजोर रहेको छ । शानतको फोक्सोको समस्याले उनको मुटुको दायाँ भाग फेल भएको चिकित्सकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार