• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पनी श्रर्मिक दिवस मनाईयो

बाजुरामा पनी श्रर्मिक दिवस मनाईयो

  • बुधबार, बैशाख १८, २०७६
बाजुरामा पनी श्रर्मिक दिवस मनाईयो

राम बहादुुर बिक
१३० औँ श्रर्मिक दिवस बाजुरा जिल्लामा पहिलो पटक मनाईयो छ । नेपाल ट्रेड युनियन नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुरा आयोजनामा बाजुरामा पहिलो पटक श्रर्मिक दिवस मनाईएको हो । दिगो विकासका लागी मर्यादित रोजगारी सुदृढ लोकतन्त्र र समृद्धी हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ जिल्ला समन्य समितीको सभाहलमा एक औचारिक कार्यक्रमका विच कार्यक्रमको संचालन गरिएको थियो ।
सोही कार्यक्रममा बाल्दै महासमिती सदस्य एवम् नेपाल महिलासंघ केन्द्रिय सदस्य जुना दानिले नेपाल ट्रेड युनियनले श्रर्मिकहरुको श्रमजिवी वर्गको पेशागत अधिकार समान्न र सुरक्षाका साथै संस्थाको विकासका निमित्त सर्घस गर्दै मजदुर आन्दोलनको अग्रणी प्रजातान्त्रिक मजदुर संगठनमा आफु पछाडी नहट्ने बताउनु भयो । साथै उहाँले बाजुराका श्रर्मिकहरुलाई राज्यको निती निर्माण प्रकृयाका श्रमिकको पहुच अगाडी बढाउनु पर्ने बाध्यता रहेको पनी बताए ।
त्यस्तै नेपाली काँग्रेस संगठन विभाग प्रमुख एवम् नेपाली काँग्रेसका पुर्व सचिव धनराज पण्डितले कुनैपनी नगरिक श्रमविनाको नागरिक हुन सक्दैन र यो श्रमले नै देशको समृद्धी र विकास ल्याएको बताउनु भएको छ । उनले लोकतन्त्र नभए श्रम र मानवविकासको समान्न नहुने पनी बताउनु भयो ।साथै श्रमिक वर्गको उन्नतीको लागी धेरै चुनौतीहरु सामना गर्न बाकी रहेको र उक्त चुुनौतीहरुको सामना गर्नु सवैको दायित्व रहेको पनी बताए ।
त्यस्तै जिल्ला समन्य समिती उपप्रमुख सुनिता मिजार , नेपाल ट्रेड युनियन प्रदेश समिती सल्लाहाकार मिन बहादुर धामी , नेपाल दलित केन्द्रिय सदस्य विरबहादर विक , नेपाल विद्यार्थीसंघ बाजुराका अध्यक्ष जनक थापा , नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौले लगाएत थुप्रै बक्ताहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल ट्रेड युनियन नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुराका अध्यक्ष चक्र थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महासमिती सदस्य एवम् नेपाल महिलासंघ केन्द्रिय सदस्य जुना दानि प्रमुख अथिती रहेका थिए । नेपाली काँग्रेस संगठन विभाग प्रमुख एवम् धनराज पण्डित , जिल्ला समन्यय समिती उपप्रमुख सुनिता मिजार , ेपाल ट्रेड युनियन प्रदेश समिती सल्लाहाकार मिन बहादुर धामी नेपाल विशिष्ट अथिती रहेका थिए । नेपाल विद्यार्थी सघ बाजुराका अध्यक्ष जनक थापा , नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौले लगाएत सम्पुण अथिती रहनु भएको थियो । नेपाल ट्रेड युनियनका बरिष्ट उपाअध्यक्ष रामचन्द्र यादव स्वागत मन्तव्य राखेकाे कायक्रमको संचालन नेपाल ट्रेड युनियनका सचिव मथुराराज पण्डितले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार