• होमपेज
  • बाजुरा बिशेष
  • उप–राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गरिदैँ

उप–राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गरिदैँ

  • बुधबार, बैशाख १८, २०७६
उप–राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गरिदैँ

बडीमालिका खवर
बाजुरामा उप–राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गरिने भएको छ । आज जिल्ला खेलकुद विकास समिति बाजुराले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हाे ।
यस बर्षको पहिलो पटक खेलकुदका कार्यक्रम सञ्चालन गरिने भएका छन् । यस बर्षको उप–राष्ट्रपति रनिङ्ग शिल्ड यहि वैशाख २७ र २८ गते जिल्ला स्तरिय सञ्चालन गरिने भएको छ । खेलकुद विकास समितिको बैठक बसी उप–राष्ट्रपति रनिङ्ग शिल्ड मनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थापाले सार्वजनिक गरेका छन ।
९ वटै स्थानीय तहमा रहेका निमावि स्तरिय उप–राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिनका लागि यहि वैशाख २७ गते विहाना १० बजे जिल्ला खेलकुद विकास समितिमा नाम दर्ता गरी सक्ने आग्रह गरेको छ । कक्षा–६,७ र ८ सम्मका छात्रछात्राले मात्र प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।
प्रतियोगितामा एथ्लेटिक्समा ट्रयाकतर्फ छात्र १०० मिटर २०० मिटर र छात्रा १०० मिटर २०० मिटर,फिल्डतर्फ छात्र हाईजम्प,लङ्गजम्प र त्रिपल जम्प छात्रातर्फ हाईजम्प,लङ्गजम्प र त्रिपल रहेका छन् । त्यस्तै मार्सल आर्ट तर्फका प्रतियोगितामा कराँते,तेक्वान्दो र उसु समेत सञ्चालन हुने भएका छन् । जसमा ३ वटा छात्र र ३ वटा छात्रा समावेश गर्नुपर्ने भएको छ ।
यसैबीच कबडी र टेवलटेनिस खेलको जिल्ला स्तरिय प्रतियोगिता नहुने भएको छ । प्रतियोगितामा सम्पूर्ण बिद्यालयहरुले अनिवार्य भाग लिन अपिल गरिएको छ । प्रतियोगिहरुको व्यवस्थापन सम्बन्धित बिद्यालय तथा स्थानीय तहले गर्ने समेत खेलकुद विकास समितिले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार