मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशी दाई सँग मेरो अन्तिम भेट

देशी दाई सँग मेरो अन्तिम भेट

  • बुधबार, बैशाख १८, २०७६
देशी दाई सँग मेरो अन्तिम भेट

प्रकाश सिंह
“उनको अनुहारमा केही उज्यालो त थियो, तर एकाएक धररर आशु झारि रहे । छोरा अब हाम्रो भेट अन्तिम हो, म बढिमा दुई बर्षनि बाच्दैन्, राम्रो सँग पढ्नु, ठुलो मान्छे बन्नु, आफु जिउँदो भएनी मरे सरह नै छु भन्दै छोरालाई बिदा गरे” । उनले छोरालाई बिदा गर्ने बेला भनेका थिए, बढिमा दुई बर्ष तर उनि चार महिना पनि बाचेनन् ।
चैत २८ गते बिहिवारको दिन बिहानै लोकेन्द्र बुढाको फोन आयो । दाई देशी अंकल त बित्नु भयो समय भए उता मलामी जाँउ भन्नु भयो । म भएको ठाँउ बाट त्यहाँ पुग्न निकै समय लाग्ने गरेको थियो, भाइ म जान सक्दैन भनेर फोन काटे । जब देशी बुढाको मृत्यु भएको खबर आयो, म निकै छाँगा बाट खसे झै भए, जुन दिन उनका छोरालाई र मलाई बिदाई दिनमा भनेका थिए सर अब मेरा छोराको जिम्मा तपाई नै हो, म धेरै बाच्चँदिन्, देबि देबता साँच्चि राखेर तपाइ जिम्मा लगाए भने । उनले भनेका शब्दहरुले मन खेलीरहयो रहे । दिनभरी सबै भन्दा बढि तनाब भएको दिन बन्यो, मेरो आँखामा आशु बगिरहे मलाई काम गर्ने मन भएन्, देशी दाइ तपाईको आत्माले शान्ति पाओस ।
कसैको त जिन्दगि भरि सधै दुख पाँउनु पर्ने मात्र हुदो रहेछ । आमाको नौ महिनाको हुदै मृत्यु भयो र बुवा १० बर्षको उमेरमा मृत्यु भयो, अनि बेशाहारा बने गौमुल गाँउपालिका ५ का देशि बुढा । वाल्यकालमा जेनतेन गरेर हुर्के । अलि ठुलो भइसकेपछि बिहे गरे, दुईवटा छोरा समेत भए । सबैले बाल्यकालमा दुख पाएपनि सानो परिवार सुखि परिवार भनेर प्रशंसा गरिरहे । तर त्यो प्रशंसा धेरै समय चल्ने उनको अर्को बज्रपात भयो । जब उनि परिवार पाल्नका लागि कामको शिलशिलामा भारतमा गए । त्यहि पहिरोमा परेर घाइते भए, कहिले उपचार नहुने गरी उनि अपांग बने । ३६ बर्षका देशि बुढाका ९ बर्षका छोरा विकास बुढा र ६ बर्षका बिपिन बुढा अलपत्र बने ।


देशि बुढा भारतमा उपचार गरिरहेका थिए । दुई छोरा छोडेर उनकि श्रीमति पनि घर नजिकै भतिजो नाता लाग्ने सँग बिहे गरेर गईन् । गाँउलेको शाहारमा उनलाई गाँउ ल्याए । फेरी उपचारका लागि आर्थिक संकलन गरेर उनलाई बिर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा लगियो । उनको मेरुदण्डको अप्रेशन पहिलो उपचारमा असफल भएको भन्दै उनको उपचार सम्भब नभएको भन्दै घरमा फिर्ता गरे । आफ्नो घर समेत छोडेका देशी आफन्तको घरमा दुई छोराको शाहारा जिवन बिताइरहे । गाँउले दिए खाने अरुको फाटो लुगा लगाउने र छोराहरुको मुख हेरेर दिन काटिरहे ।
देशी बुढाको परिवार अलपत्र रहेको पिसबिन बाजुराका सामाजिक परिचालक बिमल रावतले जानकारी गरेपछि म त्यहाँ जाने निधो गरे । कार्तिक ३० गते पत्रकार महासंघ बाजुरा सचिब प्रेम बिक र म उनको घर पुगे, घर पुग्दा कान्छो छोराले छाता ओडाइरहेका थिए, जेठो छोरा खुट्टामा झिगां हकाइरहका थिए । बुवाको शरिर गनाइरहेको थियो । मलाइ पनि त्यो देख्दा मन थाम्न सकिन् । तैपनि भिडियो खिचे र उनको अबस्थाको बारेमा बुझे, उनको कथा सुन्दा निकै मन छोयो । बावु ओछ्यान बाट चल्न सक्दैनन आमा बिहे गरेर गइस्किन्, खान लाउन र पढाइ खर्च समेत जुटन निकै धौ धौ भएको विकासले हामी रिपोटिङ्गमा गएको बेला बताए । बुवा ओछयानमै दिशापिसाब गर्छन्, बाहिर भित्र बोक्न सक्दैनौ, कहिले काहि गाँउलेले सहयोग गर्ने गरेको वताए । नयाँ लुगा लगाउन नपाएको दुई बर्ष भयो र राम्रो सँग पनि खान नपाएको धेरै भएको उनले वताए । एकातिर बुवा कहिल्यै सञ्चो नहुने गरि बिरामी भएको अर्कोतिर उनकि श्रीमति बिपुरा बुढा गाँउमै भतिज नाता लाग्ने सँग अर्को बिहे गरेर गएपछि उनको परिवार अलपत्र बनेको थियो । आफु पुरै अपागं छु छोरा साना छन् सारै बिचल्लीमा रहेको देशी बुढाले वताए ।
म त्यो रिपोटिङ्ग गरेर सदरमुकाम फर्के । दिउँसो खिचेको भिडियो देशी बुढा र उनका बच्चाको अबस्थाको भिडियो मेरो फेसबुक मार्फत शेर गरे, म काम गर्ने सञ्चार माध्यममा पठाए । मेरो फेसबुक बाट मात्र लाखौले हेर, सयौले शेर गरे । एकाएक भाइरलनै बन्यो, थुप्रै सहयोगि हातहरुले सहयोग गरे । ति बच्चाहरुको पठनपाठनका लागि धेरै संस्थाहरुले सहयोग गर्ने जनाए । अन्तमा एसोएस वालग्राम धनगढीको टोली घटना स्थलमा पुगेर ति बालबालिकालाई जिम्मा लिने निर्णय गरयो । जिल्ला प्रहरी कार्यलय, गौमुल गाँउपालिका, पत्रकार र स्थानियको रोहवहरमा एसोएस वालग्रामले धनगढी गाँउ बाट बच्चा ल्याएर आए ।
श्रीमति अर्को बिहे गरेर गइसकेकि छन् । दुई छोरा पनि एसोएस बालग्राम धनगढीमा जाने भएपछि अपांग बाबु मात्र रहे । अब उनको शाहारा भनेका गाँउले भन्दा बाहेक कोही रहेनन् । देशी बुढाका छोराको बिदाईमा गाँउनै रुवावासिमा परिणत भयो । सबैका आँखा रसाएका थिए, कोही भक्कानीएर समेत रोए । बुवाको पनि मन कहाँ रोकिन्छ, पहिला त आफु त यस्तो अबस्थामा भए तर छोराहरुको भबिष्य त केही बन्ला भनेर उनि बच्चा पठाउन तयार भएका थिए । दुबै छोरालाइ टिका लगाउदै बिदा गरे । “उनको अनुहारमा केही उज्यालो त थियो, तर एकाएक धररर आशु झारि रहे । छोरा अब हाम्रो भेट अन्तिम हो, म बढिमा दुई बर्षनि बाच्दैन्, राम्रो सँग पढ्नु, ठुलो मान्छे बन्नु, आफु जिउँदो भएनी मरे सरह नै छु भन्दै छोरालाई बिदा गरे” । छोराहरुले बुवा र गाँउलेलाई बिदाईका हात हल्लाएर हिडे । म केही बेर त्यहि रोकिए । देशि बुढालाई टोलाएर हेरीरहे, आँखा भरि आशु झारिरहेका थिए । केही बेर पछि देशी बुढा नजिक गए दाई चिन्ता नमान्नु हामी छदै छु भने, उनले भने सर अब मेरा छोराको जिम्मा तपाई नै हो, म धेरै बाच्चँदिन्, देबि देबता साँच्चि राखेर तपाइ जिम्मा लगाए भने । हामी त्यो गाँउ छोडेर सदरमुकाम पुग्यौ ।
एसो एसको टोली भोली पल्ट धनगढी हिड्यो । सदरमुकाममा नावालक परिचय पत्र, स्वास्थ्य चेकजाँच सदरमुकाम रोकियो । नजिकको नातेदार लोकेन्द्र बुढाले सबै कागजपत्र बनाईदिए । सबै काम सकेपछि त्यहि दिन लोकेन्द्र बुढा सँग ति असाहय भाई विकास बुढा र बिपिन बुढा बसमा धनगढी प्रस्तान गरे । मपनि ति भाइहरुलाइ पुयाउनका लागि बसपार्क सम्म पुगे । जब बस चल्न शुरू भयो, कान्छो भाइ बिपिनले दाइ तपाईं नजाने, भन्दै रून थाले, महिले भने म बाइकमा आउछु भने तर तिनले मानेन्, दाइ भन्दै कराइरहे उनी सँग गएका लोकेन्द्रले सम्झाए, गौमुल गाउँपालिका उपाध्यक्ष ले फकाउने खोजिन्, तर पनि रून छोडेनन । त्यो भाइले म प्रति देखाएको मायाले मेरो मन पनि भक्कानियो । म त्यहाँ बाट अगाडि आए, गाडि धनगढीका लागि हिड्यो, तर फेरि लोकेन्द्र भाइले फोन गरेर दाइ यो त मान्न लागेन् भने ! रूहिरहेको थियोे, मैले फोनमा भने पछाडि आइरहेको छु भने म धेरै फोनमा बोल्न सकिन् । रातभरि त्यो भाईप्रति दिमाग घुमिरहयो । बिहान ६ बजे एसोएस बालग्राम धनगढी पुग्यौ भनेर लोकेन्द्रले फोन गरे, अनि त्यो भाई सग कुरा गरे, दाइ हामी तम्मा घर पुगियौ, तमि कहिले आउछौ, झुटो लगाए किन आएन, चाडो आउनु भन्दै फेरि फोनमा रून थाले, म चाडै आउछु भने फोन काटे, धेरै बोल्ने आट आएन् । ती घर बाट बुवा र समाज छोड्दा गाउँले र बुवा सबै भक्कानिएका थिए । तर ती भाई हामी सँग खुशि हुदै मार्तडी आएका थिए । जब म तिनलाई बस छोड्न जादा कता कता कान्छो भाइ बिपिन रोएको देख्दा मन कता कता……………..
देशि बुढाका ९ बर्षका छोरा विकास बुढा र ६ बर्षका बिपिन बुढा आमाले घर नजिकै अर्को बिहे गरेर गईन्, । बाबुको मेरुदण्ड भाच्चिएका कारण उनको कम्मर तल शरिर नचल्ने गरि पुर्ण रुपमा अपांग छन् । उनि पनि अलपत्र अबस्थामा छन् । छोराहरु एसोएसले लगेपछि उनको शाहारा अब गाँउले मात्र रहेका छन् । बाजुराको गौमुल गाँउपालिका ५ कोट बस्ने देशी बुढाको ३ जना परिवार बिच्चली परेका समचार र भिडियो एकाएक भाइरल बन्यो । ३६ बर्षका देशी बुढा अपागं र उनकि श्रीमति बिपुरा बुढाले गाँउकै भतिजा नाता लाग्ने सँग बिहे गरेपछि बिच्चल्लीमा परेका थिए । देशीका ९ बर्षका बिकास बुढा कक्षा ३ मा अध्यन छन् भने ६ बर्षका छोरा बिपिन बुढा कक्षा १ मा स्थानिय कैलाश प्राबिमा अध्यनरत रहेका थिए ।
देशी बुढाकि श्रीमति पनि पहिला बिहे गरेको भतिजा सँग सौतामा बिहे गरेर घर नजिकै गईन् । सौतामा गएकि जेठि एक छोरा भइसकेको छ । नजिकै जान पनि कसरी सके होलान र लिनेले पनि कसरि हिम्मत गरे होलान् । पानि पधेरो एउटै छ, बिहाना बेलुका छोरा सँग भेट हुन्छ, तर पनि ति महिलाको मन कति कडा रहेछ । हुनत महिले समचार गरिसकेपछि दुई भाईको उद्धार एसोएस बालग्राम धनगढीले लगिसकेको छ । तर त्यो देशी बुढाको हालत सम्झदा अझै मन कता कता रोहीरहने गर्छ । उहाँको मृत्यु पछि पनि मेरो मन अझै पोलीरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार