• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा घुस सहित १६ जना कर्मचारी रंगेहात पक्राउ (सूची सहित)

सुदूरपश्चिममा घुस सहित १६ जना कर्मचारी रंगेहात पक्राउ (सूची सहित)

  • बुधबार, बैशाख १८, २०७६
सुदूरपश्चिममा घुस सहित १६ जना कर्मचारी रंगेहात पक्राउ (सूची सहित)

सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय महेन्द्रनगरले स्थापना कालदेखि हाल सम्म एकजना विचौलिया सहित १६ जनालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको छ। अख्तियारको कार्यालय महेन्द्रनगरले २०७० सालदेखि हाल सम्म घुस रकम सहित एक जना विचौलिया र १५ कर्मचारी गरी १६ जनालाई रंगेहात पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा कार्यालय सहयोगी देखि उप सचिव स्तरका कर्मचारी रहेका छन्। उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले जनाएको छ।

स्थापना कालदेखि चालु आर्थिक वर्षको चैत मसान्त सम्म घुस सहित रंगेहात पक्राउ पर्ने कर्मचारीको पद सहितको विवरण 
उप सचिव                  १ जना
डिभिजन ईन्जिनियर        १ जना
सहायक वन अधिकृत      २ जना
नायव सुव्वा                  ३ जना
लेखापाल                     १ जना
सब ईन्जिनियर              ३ जना
रेन्जर                         १ जना
फरेष्टर                        १ जना
कार्यालय सहयोगी           २ जना
बिचौलिया                     १ जना

जम्मा                        १६ जना 

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार