• होमपेज
  • देश/प्रदेश
  • कुन रोगको उपचारमा सहुलियत लिन कहाँ जाने ? सूचीसहित जनहितका लागी सबैले सियर गराैँ

कुन रोगको उपचारमा सहुलियत लिन कहाँ जाने ? सूचीसहित जनहितका लागी सबैले सियर गराैँ

  • बुधबार, बैशाख १८, २०७६
कुन रोगको उपचारमा सहुलियत लिन कहाँ जाने ?  सूचीसहित जनहितका लागी सबैले सियर गराैँ

विपन्न नागरिकलाई जटिल खालका आठ प्रकारका रोग लागेमा सरकारले उपचार सहयोग बापत एक लाख दिँदै आएको छ । यसका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत छुट्टै कोष स्थापना गरेको छ । मुटु रोग, मृगौला रोग, क्यान्सर, हेड ईन्जुरी, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल ईन्जुरी र सिकेलसेल एनिमिया रोग लागेका बिरामीको उपचारमा सरकारले एक लाख उपचार खर्च प्रदान गर्छ ।

सरकारले दिएकोसहुलियत उपचार खर्च कुन अस्पतालबाट कुन कुन रोगका लागि पाइन्छ हेर्नुेहोस्

क्यान्सर रोग

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडांै २) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं ३) बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन ४) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर ५) परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं ६) बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ७) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ८) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडांै ९) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं १०) क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर तथा मन्त्रालयको छनौटमा पर्ने अन्य निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू ।

मिर्गाैला रोग

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं । २) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं ३) वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ४) कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं ५) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज, पर्सा ६) कोशी अंचल अस्पताल, विराटनगर, मोरङ ७) जनकपुर अञ्चल अस्पताल, धनुषा ८) मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर ९) राष्ट्रिय मिर्गाैला उपचार केन्द्र, वनस्थली, काठमाडौं १०) नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, बाँके ११) नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं १२) यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, पक्लिहवा, रुपन्देही १३) चितवन मेडिकल कलेज, चितवन १४) कलेज अफ मेडिकल साइन्सेस, चितवन १५) मणिपाल मेडिकल कलेज, पोखरा, कास्की १६) बि एण्ड बि अस्पताल, ग्वार्को, ललितपुर १७) नेशनल डायलाइसिस सेन्टर, एकान्तकुना, ललितपुर १८) गोल्डेन अस्पताल, विराटनगर, मोरङ १९) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक २०) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की २१) आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर २२) विराट अस्पताल, विराटनगर, मोरङ २३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान २४) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा यी रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू ।

मुटु रोग

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ३) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौं ४) वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ५) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ६) मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लाण्ट केन्द्र, महाराजगंज, काठमाडौं ७) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं ८) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं ९) मुटु रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय, अन्चल अस्पतालहरु तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू ।

पार्किन्सस तथा अल्जाईमर्स रोग

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ।

स्पाईनल ईन्जुरी तथा हेड ईन्जुरी रोग

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ।

सिकलसेल एनिमिया रोग

१) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं २) उपक्षेत्रीय अस्पताल, घोराही, दाङ ३) महाकाली अंचल अस्पताल, महेन्द्रनगर, कञ्चनपुर ४) सेती अंचल अस्पताल, धनगढी, कैलाली ५) भेरी अंचल अस्पताल, नेपालगञ्ज, बाँके ६) लुम्बिनी अञ्चल अस्पताल, वुटवल, रुपन्देही ७) जिल्ला अस्पताल कपिलवस्तु ८) जिल्ला अस्पताल बर्दिया ९) जिल्ला अस्पताल नवलपरासी

चर्चामा

सम्बन्धित समाचार