• होमपेज
  • समाचार
  • महासचिव पौडेल निर्दोष हुनुहुन्छ भनीहाल्न मिल्दैन : प्रधानमन्त्री ओली

महासचिव पौडेल निर्दोष हुनुहुन्छ भनीहाल्न मिल्दैन : प्रधानमन्त्री ओली

  • बुधबार, बैशाख १८, २०७६
महासचिव पौडेल निर्दोष हुनुहुन्छ भनीहाल्न मिल्दैन : प्रधानमन्त्री ओली

नेकपा सचिवालयको अनौपचारिक बैठमा महासचिबको पौडेल बालुवाटार प्रकरणमा मुछिएको विषयले महत्व पाएको छ । उपस्थित सबै नेताहरुले पार्टी बदनाम भैरहेका कारण आधिकारिक धारणा आउनुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले  महासचिव निर्दोष हुनुहुन्छ भनेर तुरुन्तै बोल्दा गलत संदेश जाने बताएका थिए । सरकार र पार्टीको धारणा सप्रमाण बाहिर ल्याउनु पर्ने बताउदै उनले त्यसको लागी काम भैरहेको बताएका थिए ।

img

नीति तथा कार्यक्रम र बजेको सम्बन्धमा छलफल गर्न बोलाईएको अनौपचारिक बैठकामै नेताहरुले बालुवाटार प्रकरणमा प्रश्न उठाएका हुन।  बैठकमा बरिस्ठ नेता माधब नेपालले मिहिन पाराले सुरु देखिकै घटनाक्रम केलाउनु पर्ने बताएका थिए ।

अर्का नेता बामदेब गौतमले सरकारी जग्गा फिर्ता गरिएनु राम्रो काम भएको तर महासचिवका कारण पार्टी बदनाम हुनु चाहिँ राम्रो नभएको बताएका थिए । बैठकमा ईश्वर पोखरेलले पार्टिका सबै राम्राकाम ओझेलमा पार्ने गरि महासचिवको विषय प्रचार हुनु राम्रो विषय नभएको बताएका थिए । बैठकमा नेता नारायणकाजी श्रेष्ठ र झलनाथ खनालले पनि विषय प्रष्ट पारेर जानू पर्ने बताएका थिए।

नेताहरुलाई जवाफ दिदै ओलीले सन्चार मन्त्री र भुमिसुधार मन्त्री यश विषयमा बोलिसकेको बताउदै आफुले पनि प्रष्ट पार्ने प्रयत्न गरेको बताएका थिए । बैठकमा महासचिव भने उक्त बिसयमा मौन नै बसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार