• होमपेज
  • देश
  • भारतीयहरु यसरी नेपाली नागरिकता लिइरहेका छन, एक युवतीले खिचिन् भिडियो (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

भारतीयहरु यसरी नेपाली नागरिकता लिइरहेका छन, एक युवतीले खिचिन् भिडियो (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

  • बुधबार, बैशाख १८, २०७६
भारतीयहरु यसरी नेपाली नागरिकता लिइरहेका छन, एक युवतीले खिचिन् भिडियो (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताउनुभयो ।

संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उहाँले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएकाले यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

तर बिरगंजमा भने अंगिकृत नागरिक भन्दा पनि भारतीयहरु नै नेपाली नागरिकता लिन लाइनमा बसेको भिडियो भाइरल भैरहेको छ । स्थानीयवासी नम्रता वाग्लेले फेसबुक लाइभ गर्दै भारतीय नागरिकहरु नेपाली नागरिकताको लागी लाइन बसेको कुरा देखाएकी हुन् ।

सिडिओ कार्यालय नजिक फोटोकपि पसल चलाएर बस्ने स्थानीय ब्यापारीले पनि लाइनमा बस्नेहरु नेपाली नभएर भारतीय भएको बताए । सरकारले यसरी भारतीयहरुलाई नै वंशजको आधारमा नागरिकता दिएपछि हामी के गर्न सक्छौ भन्ने स्थानीयहरुको गुनासो रहेको छ । भिडियो हेर्नुहोस :

चर्चामा

सम्बन्धित समाचार