• होमपेज
  • समाचार
  • कैलालीमा ट्रकको ठक्करले युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करले युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • बुधबार, बैशाख १८, २०७६
कैलालीमा ट्रकको ठक्करले युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती दिन माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेपछि यातायात सेवा ठप्प भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नीरिक्षक लाल बहादुर साउँदले स्थानीयले लम्की बजारमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध गरेपछि यातायात सेवामा अवरोध सिर्जना भएको बताए। आज बिहान लम्कीमा पश्चिमबाट पूर्व जार्दै गरेको ट्रकले ठक्कर दिदा स्थानीय सुनिता रावलको मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार