• होमपेज
  • खेलकुद
  • पाँचाैँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

पाँचाैँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

  • मङ्लबार, बैशाख १७, २०७६
पाँचाैँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाण्डाै – पाँचौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै लगातार पाँचौ पटक च्याम्पियन बनेको हो । एपीएफले आर्मीलाई २५–१४,२९–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो ।

एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाइकमार्फत २७ अंक, ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकी थिइन् । फाइनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाइकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान दिइन् । एपीएफकै हिरा केसीले टिमका लागि स्पाइक र ब्लकबाट ९-९ अंक जोडिन् ।

उपविजेता आर्मीकी निरुता ठगुन्नाले १३ अंक, सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको तेश्रो स्थान न्यु डायमण्डले जितेको छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना,मुख्य प्रायोजक केएनपीका नेपाल प्रमुख मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कार प्रदान गरेका थिए । ।

प्रतियोगिताका विधागत विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिएकाे थियाे । विधागततर्फ उत्कृष्ट स्पाइकरमा न्यु डायमण्डकी प्रतिभा माली, उत्कृष्ट ब्लकरमा एपीएपकी हिरा केसी, उत्कृष्ट सेटरमा एपीएफकै बिनिता बुढाथोकी, उत्कृष्ट डिफेन्समा एपीएफकी मनिषा तामाङ तथा उत्कृष्ट सर्भरमा आर्मीकी सोफिया पुन चुनिए ।

उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका प्रशिक्षकले जिते ।

चर्चामा

सम्बन्धित समाचार