लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको पहिलो निर्देशकीय चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ व्यापारिक हिसावले सफल रह्यो। दशक लामो प्रेम सम्बन्धलाई दुवैले विवाहको नाम दिने भएका छन्। यहि बैशाख २४ गते दुवै वैवाहिक जीवनमा बाधिदैछन्।
दुवैले आइतबार राजधानीमा रहेको होटल शंकरमा इन्गेजमेन्टको औठी साटेका छन्। पारिवारिक पक्षको उपस्थितिमा दुवैले एकअर्कालाई औठी लगाएका हुन्। आइकोर फिल्म्स्क संचालक प्रज्ज्वल प्रभु समशेर जबराका छोरा हुन्। यो कम्पनिबाट यो बर्ष दुई चलचित्र निर्माण हुनेछन्।
एकलाई रेनशाले नै निर्देशन गर्ने छिन् भने दोश्रोलाई दिनेश राउतले। विवहा लगत्तै दुवै चलचित्र न्रिमानामा जुट्नेछन्।
रेनशा र प्रज्ज्वललाइ हाम्रो तर्फबाट सुखद जीवनको शुभकामना