• होमपेज
  • खेलकुद
  • चेन्नेई सुपर किङ्गसलाई पछि पार्दै दिल्ली अङ्क तालिकाको शिर्ष स्थानमा उक्लियो

चेन्नेई सुपर किङ्गसलाई पछि पार्दै दिल्ली अङ्क तालिकाको शिर्ष स्थानमा उक्लियो

  • सोमवार, बैशाख १६, २०७६
चेन्नेई सुपर किङ्गसलाई पछि पार्दै दिल्ली अङ्क तालिकाको शिर्ष स्थानमा उक्लियो

आईपिएल ईतिहासमा पछिल्लो ६ सिजनमा कमजोर प्रदर्शन गर्दै आएको दिल्लीले जारी सिजनमा तिनपटकको च्याम्पियन टोलि चेन्नेई सुपर किङ्गसलाई समेत पछि पार्दै अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

हिजो आइतबार विराट कोहली नेतृत्वको टिम बैङ्गलोरलाई १६ रनले पराजित गर्दै दिल्ली अङ्क तालिकाको शिर्ष स्थानमा पुगेको हो । शिर्ष स्थानमा पुगेको दिल्ली ६ वर्षपछि प्लेअफ समेत प्रवेश गरेको हो । प्रतियोगितामा समान १२ खेल खेलेका दिल्ली र चेन्नेईले ८-८ खेल जित्दै १६ अङ्क जोडेका छ्न भने रन रेटको आधारमा दिल्ली पहिलो र चेन्नेई दोस्रो स्थानमा छ्न ।

जारी आईपिएलमा हालसम्म ४७ खेल सकिदासम्म दिल्ली पहिलो, चेन्नेई दोस्रो स्थानमा रहदा मुम्बई र हैदरावाद क्रमशः तेस्रो र चौथो स्थानमा छ्न । अहिलेसम्म दिल्ली र चेन्नेईले प्लेअफमा स्थान सुरक्षित गरेका छ्न भने प्ले अफ पुग्ने अन्तिम दुई टोलिको टुङ्गो भने लाग्न सकेको छैन ।

त्यसैगरी विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैङ्गलोर प्रतियोगितामा प्लेअफ नपुग्दै बाहिरिएको छ । बैङ्गलोरले १२ खेलबाट ४ खेलमा जित निकाल्न सकेको छ जसको कारण बैङ्गलोर अङ्क तालिकाको पुछारमा रहेको छ ।

१२ वर्षे आईपिएल ईतिहासमा खराब प्रदर्शन गर्दै निराश दिल्लीले यसपटक टिमको नाम, जर्सी र टिम मालिकमा समेत परिवर्तन गरेको थियो । दिल्ली डेयर डेभिल्स बाट नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल्स बनेको हो ।

चर्चामा

सम्बन्धित समाचार