• होमपेज
  • समाज
  • नुवाकोट कांग्रेसका नेता रमेश अर्याल बलात्कार गर्दैगर्दा गोंगबुबाट प्रकाउ

नुवाकोट कांग्रेसका नेता रमेश अर्याल बलात्कार गर्दैगर्दा गोंगबुबाट प्रकाउ

  • आइतवार, बैशाख १५, २०७६
नुवाकोट कांग्रेसका नेता रमेश अर्याल बलात्कार गर्दैगर्दा गोंगबुबाट प्रकाउ

१५ वैशाख, काठमाडौँ ।  नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कारको अभियोगमा पक्राउ परेका छन । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै पक्राउ परेका हुन । महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा रमेश अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेर बलात्कार गरेपछि स्थानीयबासीको सहयोगमा पक्राउ परेका हुन । युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए । युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएपछि उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यद्पी प्रहरीले राजुलाई घटनास्थलमा नभेटेको जनाएको छ ।

अर्याल कांग्रेस नेता, क्यापसको अध्यक्ष, इन्सुरेन्स कम्पनीको म्यानेजर 

विदुर नगरपालिका (साविकको खड्गभञ्ज्याङ गाविस) वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल नेपाली कांग्रेस नुवाकोटका आमन्त्रित सदस्य हुन । उनलाई पार्टी साभापति जगदिश्वरनरसिंह केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसिरमा मनोनित गरेका थिए । उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन ।

दैनिकी डट कमबाट

चर्चामा

सम्बन्धित समाचार