• होमपेज
  • बाजुरा बिशेष
  • नेविसंघले बुझायो ध्यानाकर्षण पत्र

नेविसंघले बुझायो ध्यानाकर्षण पत्र

  • आइतवार, बैशाख १५, २०७६
नेविसंघले बुझायो ध्यानाकर्षण पत्र

राम बहादुर बि.क
मनोमानित रुपमा शुल्क उठाएको भन्दै नेविसंघ बाजुराले ध्यानाआकर्षण पत्र बुझाएको छ । बाजुराका अधिकास निजी तथा सरकारी विद्यालयहरुले मनोमानित रुपमा शुल्क उठाएको भन्दै आज नेपाल विद्य ार्थी संघले जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल विद्यार्थी संघ बालबालिका हकहित र अधिकारका लागि लड्ने भएकाले बाजुराका निजी तथा सामुदायिक विद्यालयहरुले मनोमानित रुपमा शुल्क लिएको हुदा जिल्ला प्रशासन कार्यललाई ध्यानआकर्षण पत्र बुझाएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती बाजुराका अध्यक्ष जनक थापाले बताएका छन् । पछिल्लो समयमा राज्य लोकतन्त्र संगै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा गएको र नेपालको संविधान २०७२ को धारा ३१ ले जिल्ला भित्रका केही सामुदायिक विद्यालय र प्राईभेट विद्यालयहरुले मनोमानित रुपमा शुल्क लिई सर्वसाधारण जनता र गरिविको रेखामुनी रहेका विद्यार्थी माथी ब्रह्मलुट गरेको र कतिपय बालबालिकालाई चर्को शुल्क लिइ विद्यालय जान बञ्चित गरेको हँुदा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती बाजुरा ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको नेपाल विद्यार्थीसंघ बाजुराका अध्यक्ष थापाले बताएका छन् । चर्को मनोमानित शुल्कले सर्वसाधारण अभिभावक र बालबालिका विद्यार्थिहरुले पढ्न पाउने नैसर्गिक अधिकार बाट वञ्चित हुदा शिक्षित समाज निर्माण प्रती प्रत्यक्ष असर राज्यले व्यहोर्दा अझै हाम्रो समाज पछाडी धकेलिने पनी निश्चित पनी गरेको छ । अझ राज्यले अवलम्वन गरेको प्रस्तावअनुुार जहाँ आफु त्यँहा आफ्ना भन्ने नारालाई सफल पार्नका लागी सामुदायिक विद्यालयलाई प्रभावकारी बनाउन सम्बद्ध सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आवस्यक रहेको पनी बताएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालय को मापदण्ड विपरित क्रियाकलाप गर्ने निजी सरकारी विद्यालयलाई समयमै कानुनी दायरामा ल्याई चर्काे शुल्क फिर्ता गराउन पनी नेपाल विद्यार्थीसंघले आग्रह गरेको नेबिसघ बाजुराले बताएको छ । साथै त्यस्ता अनैतिक क्रियाकलापहरु बन्द नगरिएमा नेपाल विद्यार्थी सघ बाजुरा एकहप्ता भित्र चरणवद्ध आन्दोलनका कार्यहरु अगाडी बढाउने र विद्यार्थी हकहित का लागी गरेका आन्दोलनले राज्यलाई हुने असरको जिम्मा स्वयँम राज्यका निकायले लिनु पर्ने पनी बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार