• होमपेज
  • समाज
  • नागरिक समाज द्धारा कर्णाली नदि सफा अभियान

नागरिक समाज द्धारा कर्णाली नदि सफा अभियान

  • आइतवार, बैशाख १५, २०७६
नागरिक समाज द्धारा कर्णाली नदि सफा अभियान

प्रकाश सिंह
बैशाख, १५ बाजुरा
कर्णाली नदि दिनप्रति दिन फोहोर बन्दै गएपछि नागरिक समाजले सफा अभियान चलाएको छ । गाँउ बस्ति र बजारबाट निस्कने फोहोर कर्णाली नदिमा फ्याक्ने कारणले नदि दुर्घन्धित बन्दै गएपछि कर्णाली सफा अभियान चलाएको नागरिक सेवा सरोकार मञ्च बाजुराका अध्यक्ष जनेश भण्डारीले वताएका छन् ।
नागरिक सेवा सरोकार मञ्चले कर्णाली नदिको छेउमा रहेको फोहोर संकलन गरेर ब्यबस्थित गर्ने काम शुरु गरेको छ । हप्ताको एकदिन प्रत्येकले कर्णाली नदि छेउछाउमा सफा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष जनेश भण्डारीले वताएका छन् । फोहोर ब्यबस्थापनका लागि ब्यस्थित ठाँउमा बनाउने, खाल्डो निर्माण गर्ने, ब्यापारिले आफ्नो पसल बाट निस्केको फोहोर आफै अनिवार्य ब्यबस्थापन गर्ने निर्णय गरेको छ ।
बाजुराको भागमा पर्ने कवाडी देखी कालिकोटको लालु सम्म ४४ किलोमिटर कर्णाली नदिको छेउछाउमा नागरिक समाज, ब्यापारि र प्रहरीले सफा अभियान लागेका छन् । कुनै परियोजना नभई स्थानिय, नागरिक समाजको अगुवाई कर्णाली नदि सफा अभियान शुरु गरेको स्थानिय पत्रकार अनिल शाहिले वताएका छन् । स्थानिय सरकारलाई फोहोर ब्यबस्थित गर्न र कर्णाली नदिमा जथाभाबि फोहोर फाल्नेलाई कार्यवाहि गर्नका लागि नागरिक समाजले दवाफ दिइरहेको छ । साथै कर्णाली नदिको छेउछाँउमा खौला शौच गर्न समेत रोक लगाएका छन् ।
बाजुरा, हुम्ला, मुगु, अछाम, दैलेख हुदै बग्ने कर्णाली नदि दिनप्रतिदिन दुषित बन्दै गएको छ । गाँउ बस्ति र बजारबाट निस्कने फोहोर कर्णाली नदिमा फ्याक्ने कारणले नदि दुर्घन्भित बन्दै गएको छ । त्यो सँगै नदिमा खुला शौच गर्नाले नदि फोहोर बन्दै गएको छ । कर्णाली नदिको तिर तिरै बाट कर्णाली करीडोर सड्क निर्माण पछि सड्क छेउमा बजार बन्दै गएका छन् । ठाँउ ठाँउमा बजार र सड्क नजिकै बस्ति सरेपनि फोहोर ब्यबस्थापन नहुँदा नदि दुर्गन्धित बन्दै गएको छ । सडक् बिस्तार सँगै ठाँउ ठाँउमा बजार स्थापना भएका छन्, बजार बाट निस्कने सबै फोहोर बस्तु कर्णाली नदिमा फाल्ने गरेको उनले वताए ।
फोहोर सँगै मदिराका बोतलहरु फाल्ने केन्द्रका रुपमा कर्णाली नदि भएको स्वामीकार्तिक गाँउपालिका निमित्त कार्यकारी कुबेर शाहिले वताएका छन् । नदिमा रक्सिका खाली बोतल फ्याक्नुले कर्णाली नदिको तिरमा जम्मै सिसा भेटिछन्, नदिमा नुहाउन, लुगा धुन र पानि ल्याउन आवतजावत गर्नका लागि निकै समस्या भएको उनले थपे । कर्णाली करीडोर अन्तर्गत दुईतिन किलामिटर पिच्छे, बजार छन्, अर्को तल सड्क आएपछि माथि बाट समुदाय सड्कको छेउमै बसाइ सरीरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार