• होमपेज
  • खेलकुद
  • कोलकाता, बेङ्लोर र राजस्थान ‘गर या मर’को अवस्थामा, मात्र एक हारमा प्लेअफ बाहिर

कोलकाता, बेङ्लोर र राजस्थान ‘गर या मर’को अवस्थामा, मात्र एक हारमा प्लेअफ बाहिर

  • आइतवार, बैशाख १५, २०७६
कोलकाता, बेङ्लोर र राजस्थान ‘गर या मर’को अवस्थामा, मात्र एक हारमा प्लेअफ बाहिर

बिहिबार राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि जारी आईपिएलको प्लेअफ समिकरण रोचक बनेको छ।

लिगमा राजस्थानको यो चौथो जित हो। ११ खेलबाट उसले ८ अंक जोडेको छ। अंकको आधारमा उसले कोलकाता र रोयल च्यालेन्जर्स बेङ्लोरसँग बराबरी गरेको छ।

अब यी तीनै टोलीका लागि प्लेअफ पुग्न एउटै गणितिय योगले सहयोग गर्छ र त्यो हो आफ्नो हरेक खेलमा जितको नतिजा र अर्को तर्फ आफूबाहेक अरू हारोस् भन्ने कामना।

आईपिएलमा हालसम्म चेन्नईमात्र प्लेअफमा पुगेको छ। उसले १२ खेलमा ८ मा जित हासिल गरेको छ। लिगमा उसले १६ अंक जोडेको छ।

यस्तै दिल्लीको १४ अंक छ भने मुम्बईको पनि १४ अंक रहेको छ। दुबै प्लेअफको दौडमा बलियो अवस्थामा छन्। हैदराबाद र पंजाबको समान १०-१० अंक रहेको छ। यसको अर्थ यी दुई टोलीको हाल कोलकाता, बेङ्लोर तथा राजस्थानको भन्दा राम्रो तर धेरै राम्रो छैन।

आईपिएल-१२ मा १६ अंक जोड्ने टोलीले प्लेअफ खेल्ने निश्चित छ। यदि यसमा कम अंक जोडिएर अन्यथा समिकरण लागु हुँदा रनरेट महत्वपूर्ण हुन्छ। योसँगै यस सिजनमा ४ या ५ टिमले १४ भन्दा बढि अंक जोड्ने निश्चित छ।

यसले  १४ अंक जोड्ने टोली प्लेअफ दौडमा कायम रहनेछ।

कोलकाता, बेङ्लोर तथा राजस्थान समान ११-११ खेलबाट समान ८-८ अंक जोडेका छन्। यस अवस्थामा आफ्ना बाँकी ३ खेलमा जुन टोलीले तीनै खेल जित्छ, ऊ प्लेअफको दौडमा कायम रहनेछ भने मात्र एक हारमा उनीहरू यस दौडबाट बाहिरिनेछन्।

यहि समिकरणले गर्दा यी तीनै टोली ‘गर या मर’को अवस्थामा पुगेका छन्।

बाँकी ३ खेलमा कोलकाताले दुईपटक मुम्बईको सामना गर्नुपर्नेछ भने एक म्याचमा पंजाबको सामना गर्नुपर्नेछ। यस्तै राजस्थानले दिल्ली, बेङ्लोर तथा हैदराबाद खेल्नेछ भने बेङ्लोरले राजस्थान, दिल्ली तथा हैदराबादसँग।

चर्चामा

सम्बन्धित समाचार