• होमपेज
  • मनोरञ्जन
  • ‘दाल भात तरकारी’ गीत: ‘एन्टिवायोटिक खाउँला’मा प्रियंकाको बोल्ड आइटम

‘दाल भात तरकारी’ गीत: ‘एन्टिवायोटिक खाउँला’मा प्रियंकाको बोल्ड आइटम

  • आइतवार, बैशाख १५, २०७६
‘दाल भात तरकारी’ गीत: ‘एन्टिवायोटिक खाउँला’मा प्रियंकाको बोल्ड आइटम

काठमाडौं– अर्काे शुक्रबारबाट रिलिज हुने फिल्म ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिवायोटिक खाउँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको बोल्ड नृत्य देख्न सकिन्छ ।  मिना निरौलाको स्वर रहेको गीतमा शब्द बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यको छ । संगीत भने शम्भुजित बाँस्कोटाले भरेका हुन् । गीतको भिडियो चितवनमा खिचिएको हो । अभिनेत्री प्रियंका कार्कीको फिल्ममा आइटम मात्र रहेको छ ।
फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । फिल्मको केही पहिले ‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’ बोलको गीतका सार्वजनिक भएका छन्, दुबै गीत अहिले चर्चामा छ ।


अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथामा बनेको यो फिल्ममा करिब एक दशकपछि अभिनेत्री निरुताले लिड भूमिका पाएकी छन् । फिल्ममा हरिवंश र निरुताको अलवा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्य लगायतको अभिनय छ ।

सुदन केसीले निर्देशन गरेका फिल्मको प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो ।  प्रमिला आचार्य, सुमित मैनाली, अनुराग कुँवर, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायतको फिल्ममा लगानी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार