• होमपेज
  • देश/प्रदेश
  • मानव ओसारपसारको मुख्य मार्ग बन्दै पुनर्वास ,सीमाबाट दुई महिलाको उद्धार

मानव ओसारपसारको मुख्य मार्ग बन्दै पुनर्वास ,सीमाबाट दुई महिलाको उद्धार

  • आइतवार, बैशाख १५, २०७६
मानव ओसारपसारको मुख्य मार्ग बन्दै पुनर्वास ,सीमाबाट दुई महिलाको उद्धार

पुनर्वास , बैशाख १५
कञ्चनपुरको पुनर्वास हुँदै भारत कटाउन लागिएका दुई महिलालाई नेपाल भारत सीमा नाकाबाट भारतीय एसएसबीको पहलमा उद्धार गरिएको छ ।

शनिबार साँझ पख वैदेशिक रोजगारीको लागि भन्दै नेपाल बाट भारत लैजादै गरेको अबस्थमा एसएसबीले चेक जाँचका क्रममा दुई जना महिलाको उद्धार गरि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पुनर्वासलाई बुझाएको हो । भारतीय एसएसबीले सशस्त्रको बोर्डर आउट पोष्टमा बुझाइएका दुई महिला हरु लाई सशस्त्रले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको छ ।
सीमा कटाउन लागिएका २३ र ३३ वर्षिया दुई महिला हरु सर्लाहीको बागमती नगरपालिका ७ घर भएको खुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । दुई महिलाहरुलाई सीमा कटाउन लागेका पुनर्वास नगरपालिका ५ का भिमबहादुर बोहरा प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले बताए ।
उद्धार गरिएका महिलाहरुको नाम गोप्य राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मानव ओसारपसार कार्यमा मुख्य योजनाकार भनिएका किशन रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ ।
कैलाली कञ्चनपुरका सदरमुकाम स्थित सीमा नाकाहरुमा प्रशासनले चेक जाँचमा कढाइ गरिए पछि बिगत ३ वर्ष यता चेलीबेटी बेचबिखन तथा मानव ओसारपसार को लागि पुनर्वास ट्रान्जिट बन्दै आएको छ । यस अघि पटकपटक पुनर्वास स्थित नेपाल-भारत सीमा नाकाहरुबाट दर्जनौं महिला तथा बालबालिकाहरुको उद्धार गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार