• होमपेज
  • अन्तर्राष्ट्रिय
  • आम आदमी पार्टीका प्रतिद्वन्द्वीद्वारा गौतम गम्भिरबिरुद्ध आपराधिक उजुरी दर्ता

आम आदमी पार्टीका प्रतिद्वन्द्वीद्वारा गौतम गम्भिरबिरुद्ध आपराधिक उजुरी दर्ता

  • शनिबार, बैशाख १४, २०७६
आम आदमी पार्टीका प्रतिद्वन्द्वीद्वारा गौतम गम्भिरबिरुद्ध आपराधिक उजुरी दर्ता

पूर्वी दिल्लीमा आम आदमी पार्टीका उम्मेदवार अतिसीले भारतीय जनता पार्टीका उम्मेदवार तथा क्रिकेटर गौतम गम्भिरबिरुद्ध आपराधिक उजुरी दर्ता गराएकी छिन् । गम्भिरसँग दुईवटा स्थानबाट भोटर कार्ड रहेको उनको आरोप छ । गम्भिरसँग दिल्लीको करोल बाघ र रजिन्दर नगरबाट मतदाता परिचय पत्र रहेको अतिसीको आरोप रहेको छ । दुवै केन्द्रीय दिल्लीको संसदीय सिट अन्तरगत पर्दछ ।

‘दिल्लीको दुईवटा चुनावी क्षेत्रबाट मतदाता परिचय पत्र लिएका पूर्वी दिल्लीबाट भाजपाका उम्मेदवार गौतम गम्भिरविरुद्ध मैले आपराधिक मामिलामा उजुरी दर्ता गरेकी छु,’ अतिसीले ट्वीटमार्फत जानकारी दिइन् ।

आरोप पुष्टि भए गम्भिरलाई एक वर्षसम्मको जेल सजाय हुन सक्ने पनि उनले बताएकी छिन् । यसबारे गम्भिरले कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि आम आदमी पार्टीले गौतमको उम्मेदवारी दर्ताको विषयमा पनि आपत्ति जनाएको थियो जसलाई निर्वाचत अधिकृतले खारेज गरिदिएका थिए । ३७ वर्षीय गम्भिर गत महिना भाजपामा आबद्ध भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार