बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • विवाह टुटेपछि एक्लै छन् बलिउडका यी ७ अभिनेत्री

विवाह टुटेपछि एक्लै छन् बलिउडका यी ७ अभिनेत्री

  • शनिबार, बैशाख १४, २०७६
विवाह टुटेपछि एक्लै छन् बलिउडका यी ७ अभिनेत्री

मुम्बई – विवाहले जीवन सहज बनाउने धेरैको धारणा छ । तर कतिपलाई भने विवाहले जीवन असहज भएको पनि देख्न पाइन्छ । बलिउडलाई नियाल्ने हो, भने यहाँका केही अभिनेत्रीको जीवनलाई विवाहले बहार ल्याउन नसकेको पाइन्छ । सायद त्यसैले पनि होला विवाह पछि पनि ती अभिनेत्री एक्लै रहदै आएका छन् । विवाहित भएपनि एक्लै रहँदै आएका ७ अभिनेत्री  जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

अमृता सिंह 
विवाहको समयमा सैफअली खान र अमृता सिंहको उमेरमा धेरै अन्तर थियो । तर यी दुबैले विवाह गरे । तर सो विवाह लामो समय टिकेन । सैफले अहिले अभिनेत्री करिना कपुरसँग विवाह गरेका छन् तर अमृताले भने अहिलेसम्म एक्लै छिन् ।

जेनिफर 
जेनिफर र करण सिंह ग्रोवर एक अर्काेलाई निकै माया गर्थे । यी दुबैले एकसाथ टिभी सिरियलमा समेत काम गरेका थिए । तर दुबैको बीचमा एकाएक विपशा बसु आइन् । करणले विपशासँग विवाह गरे । करणको एक्स श्रीमती जेनिफर अहिले पनि एक्लै छिन् ।
रीना दत्ता 
अभिनेता आमिर खानले पहिलो विवाह प्रेमीका रिनासँग गरेका थिए । यी दुबैले १६ बर्षसाथ रहेर डिबोर्स रोजे । आमिरले पछिल्लो समय किरण रावसँग विवाह गरेका छन् । तर रीना भने अहिले पनि एक्लै छिन् ।

करिश्मा कपुर 
करिश्माको बिवाह संजय कपुरका साथ निकै धुमधामसँग भएको थियो । यी दुबैको दुई बच्चा पनि छन् । तर अहिले दुबैको डिबोर्स भएको छ । डिबोर्स लगतै संजयले गलफ्रेण्ड प्रिया सचदेवसँग विवाह गरे । करिश्मा आज पनि एक्लै छिन् ।

पूजा वेदी 
पूजा र फरहान फर्नीतरवाला एक अर्काेलाई निकै प्रेम गर्थे । दुबैले १९९४मा लगनगाठो कसेका थिए । बैबाहीक जीवनमा काबिएपछि भएको केही झगडाले उनीहरु छुट्टिए । फरहानले दोस्रो विवाह गरे पनि पूजाले भने विवाह गरेकी छैन् ।

संगीता बिजलानी 
एक समय सलमान खानको डेटमा रहेकी अभिनेत्री संगीताले क्रिकेटर मोहम्मद अजहरुद्धीसँग विवाह गरिन् । अहिले उनी मोहम्मदसँग पनि अलग भएकी छन् । उनको विवाह २०१०मा टुटेको थियो । उनले अहिले दोस्रो विवाह नगरे पनि सलमानका साथ कयौ पटक देखिएकी छन् ।

कल्कि कोचलिन 
बोल्ड अन्दाजका कारण बलिउडमा कल्कि चर्चामा रहने गरेकी छन् । उनले २०११ मा निर्देशक अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । तर तीन बर्षमै छुट्टिइन् । त्यसपछि उनले विवाह गरेकी छैन् । उनी अहिले एक्लै खुसी छिन् ।

चर्चामा

सम्बन्धित समाचार