• होमपेज
  • समाचार
  • धनगढी बिमान स्थल १ महिनाको लागी बन्द हुदै

धनगढी बिमान स्थल १ महिनाको लागी बन्द हुदै

  • शुक्रबार, बैशाख १३, २०७६
धनगढी बिमान स्थल १ महिनाको लागी बन्द हुदै

धनगढी विमानस्थलको धावन मार्ग जिर्ण भएको भन्दै एक महिनाको लागी उडानहरु बन्द हुने भएका छन । जिर्ण भएको धावन मार्ग को स्तर उन्नती गर्नका लागी यहि बैसाग २२ गते देखि बिमानस्थलमा उडान सेवा बन्द गर्न लागेको विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए । १७ करोड ८८ लाँख लगानीमा बिमान स्थलको स्तरउन्नती र पार्कीङ क्षेत्र विस्तार हुन लागेको बताएका छन । विमानस्थलमा बिहीबार बसेको बैठकले नेपाल नागरिक उड्णन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार