• होमपेज
  • मनोरञ्जन
  • नेपाल आईडल रवी ओडको धमाकेदार भिडियो युट्युबमा सार्वजनिक

नेपाल आईडल रवी ओडको धमाकेदार भिडियो युट्युबमा सार्वजनिक

  • शुक्रबार, बैशाख १३, २०७६
नेपाल आईडल रवी ओडको धमाकेदार भिडियो युट्युबमा सार्वजनिक

दोश्रो नेपाल आइडल रबि ओडले गाएको गीत “दुइ कौडीको बुद्धी” शुक्रबार बजारमा आएको छ । रविलाई गायिका मेलिना राइले साथ दिएकि छन् ।

नाम चलेकी गायिका राईसंगै गाएका रबि ओडको गीत यूट्युबमा अपलोड भएको २ घन्टामै हिट भएको छ । यो समाचार तयार पार्ने बेलासम्म यो गीत ५० हजार भन्दा बढीले हेरिसकेका छन् ।

नेपाल आइडल सिजन २ बिजेता रबि ओडको “दुई कौडीको बुद्धी” बोलको गीत शुक्रबार दिउसो २ बजे मेलिना राईको अफ़िसिएल यूट्युब च्यानलमार्फत सर्बाजनिक भएको हो ।

उनको पहिलो गीत “मीठो बोलीले” पनि उनका समर्थक, तथा दर्शकहरुले निकै मन पराएका थिए । उक्त गीत यूट्युब ट्रेन्डिङ सूचीमा समेत ५ दिनसम्म रहेकाे थियो । पहिलो गीतमा दर्शकले देखाएको माया र स्नेहका कारण आफुले तत्काल अर्को गीत बजारमा ल्याउने प्रेरणा मिलेको रविले बताएका छन् ।

मेलिना राई र रबि ओडले गाएको यो गीतमा भिम बिसी र ललित पौडेलको संगित तथा उदयराज पौडेलको एरेञ्ज रहेको छ । यस्तै यो गीतको सम्पादन किशोर थापाले गरेका छन् भने इट्टा घरे प्रोडक्सनले बजारमा ल्याएको हो ।

बर्षा राउत र रञ्‍जित पौडेलले अभिनय गरेको भिडियोमा क्यामरामा बुद्ध थापा र निकेश खड्काले निर्देशक गरेको यस भिडियालाई विकेश धमलाले सम्पादन गरेका छन् । त्यस्तै गीतमा सुबोल थापा र राजेन्द्र कटुवालको कोरियोग्राफी छ । उक्त गीतको सब्द पनि इट्टाघरेको नै रहेको छ।

यसअघि उनले “मिठो बोलीले” बोलको गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक भएको थियो । उक्त गीतमा हरि लम्सालको संगीत र संयोजन रहेको गीतलाई कृष्ण केसीले लेखेका हुन्। गीतको भिडियोमा शिव बिकेको कोरियोग्राफी तथा निर्देशन रहेको थियो।

अघिल्लो गीतको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन्। उक्त गीतको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने रामेश्वर कार्की छायाँकार हुन्। भक्तपुर दरबार स्क्यायरमा छायांकन गरिएको भिडियोमा करिब ६० जना कोरस कलाकारले सामूहिक नृत्य गरेका थिए । सुदुर खवरबाट

चर्चामा

सम्बन्धित समाचार