• होमपेज
  • खेलकुद
  • नेपालले अष्ट्रेलियासँग लज्जास्पद हार

नेपालले अष्ट्रेलियासँग लज्जास्पद हार

  • शुक्रबार, बैशाख १३, २०७६
नेपालले अष्ट्रेलियासँग लज्जास्पद हार

काठमाडौं । म्यानमारमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग लज्जास्पद हार खेपेको छ । शुक्रबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ११–१ गोलले पराजित भयो ।

म्यानमारको मण्डलर थिरी स्टेडियममा भएको एकपक्षीय खेलमा नेपालले पहिलो हाफमै ६ गोल खाएको थियो । दोस्रो हाफमा नेपालले थप पाँच गोल खायो । नेपालका लागि मन्जली कुमारी योञ्जनले पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काएकी थिईन् ।

शारीरिक रुपमा अग्ला र खाइलाग्दा देखिएको अष्ट्रेलियाविरुद्व नेपाली खेलाडी निरिह बने । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आइतबार उज्वेकिस्तान र अन्तिम खेल मंगलबार म्यानमारसँग खेल्नेछ ।  समूहको शीर्ष टोली एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार