• होमपेज
  • देश/प्रदेश
  • धनगढी उपमहानगरको घोषणा : संरचना आफैं हटाउने घरधनीलाई सम्मान गर्ने

धनगढी उपमहानगरको घोषणा : संरचना आफैं हटाउने घरधनीलाई सम्मान गर्ने

  • शुक्रबार, बैशाख १३, २०७६
धनगढी उपमहानगरको घोषणा : संरचना आफैं हटाउने घरधनीलाई सम्मान गर्ने

घनगढी : धनगढी उपमहानगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना आफै हटाउने घरधनीलाई सम्मान गर्ने  घोषणा गरेको छ।उपमहानगरले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने सडकमा परेका संरचना हटाउने घरधनीलाई सम्मान गर्ने घोषणा गरेको हो।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरवासीलाई आग्रह गरे।’सडकको क्षेत्राधिकारभित्र रहेका संरचना आफै हटाउने घरधनीको नक्सा दर्तामा छुट, घर अगाडिको भत्काइएको भागमा रंग रोगन समेत गरिने छ’, मेयर वडले भने।संरचना हटाउन बिहीबारदेखि लागू हुने‍गरी आयोजनाले ४५ दिने सूचना जारी गरेको छ।

आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र समेत कतिपय निजी संरचना छन्।आयोजना अन्तर्गतको बजेटले सडक निर्माण र कालो पत्रेका लागि डिजाइन तयार गरेर ठेक्‍का प्रक्रिया अगाडि बढाइएको छ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत घनगढीमा विभिन्न आकारका २३ वटा सडक निर्माण हुदैछन्।पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका छन्।त्यसैगरी दोश्रो चरणमा बाँकी सडक निर्माण हुने छन्।पहिलो चरणमा धनगढी मेनरोड, गुल्मचौराहा रोड, धनगढी क्याम्पस गेट- जाखोरताल रोड, धनगढी-खुटीया-स्याउले रोड अर्थात डिभोटी पिपलचौतरा (उप क्षेत्रीय सडक क्षेत्र) क्याम्पस गेट देखि चटकपुर सडक रहेका छन्।

त्यसैगरी हसनपुर रोड र मालपोत रोड पहिलो चरणमा निर्माण हुने गरी टेन्डर आव्हान गरिएको आयोजनाका इञ्जिनियर एवम् सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले जानकारी दिए।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै पुग्ने भएकाले चरणवद्ध रुपमा काम थालेको हो।अहिले सबै चिजको महंगी बढेकाले पहिलेको लागत, स्टिमेट अनुसार सडक बन्न नसक्ने आयोजनाले जनाएको छ।

धनगढीको मुख्य बजारको पुरै सडक चार लेनको बनाउने भनिएपछि धेरै स्थानमा घर भत्काउनु पर्ने भएकाले पहिलो चरणमा घरहरु कम भत्किने सडक चयनमा परेका उपमहानगरपालिको जनाएको छ।

आयोजना अन्तर्गत यी सडक एकै मापदण्डका बन्नेछन्। सडकको बीचमा डिभाइडर भएको चार लेन सडक, दुबैतर्फ सडकको पानी र बर्खाको पानी बग्ने नाली, विद्युत र टेलीफोनको तारहरु अन्डरग्राउन्ड, ठाउँठाउँमा ट्राफिक संकेत र बसविसौनी, स्ट्रीट लाइटसहित हरियालीयुक्त सडक बन्ने छ। सबै अन्तराष्ट्रिय मापदण्डका ‘अर्वान’ सडक हुन्। यो सडकमा साइकल लेन, फुटपाथ पनि हुनेछ। अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार