• होमपेज
  • शिक्षा
  • विद्यालयमा भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण

विद्यालयमा भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण

  • बिहिबार, बैशाख १२, २०७६
विद्यालयमा भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण

बडीमालिका खवर
बडीमालिका नगरपालिका वडा नँ ३ रजालीमा रहेको चोयाकोट माद्यमिक विद्यालयमा भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण कार्यक्रमको समापन भएको छ । हाम्रो नगर हाम्रो गाँउ सवै बालबालिकालाई विद्यालय पुर्याउ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा वि व्य स अध्यक्ष अमर विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रतिनिधि सभाका माननीय पेम्बा गुरुड भोटे रहेका थिए । कार्यक्रमको विशिश्ट अतिथी ने क पा का नेता अमर खड्का, काँशी विक वडा नँ ३ का वडा अध्यक्ष वीर बहादुर रावल, सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम अधिकृत प्रेम पुन, बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र पीसविन कार्यक्रम प्रवन्धक जुद्ध बहादुर रावल रहेका थिए । विद्यार्थिलाई झिकाउने, टिकाउने, सिकाउने र विकाउने उद्धेष्यका साथ विद्यार्थि भर्ना अभियान तथा घर दैलो भेटघाट कार्यक्रम विगत २ गतेबाट टोल स्तरमा सँचालन गरिदै आएको पीसविन बाजुराका कार्यक्रम प्रबन्धक धर्म रोकायाले बताएका छन् । भर्ना अभियान कार्यक्रम चोयाकोट माबिमा एक समारोहका वीच समापन भएको बताएका छन् । कार्यक्रमको स्वागत मन्तव्य शिक्षक अभिभावक सँघका अध्यक्ष राम बहादुर खड्काले गरेका थिए कार्यक्रमको सँचालन निमित्त प्रधानाध्यापक धन बहादुर रावलले गरेको बताईएको छ । कार्यक्रम सहजिकरणका लागि सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पीसविन बाजुराद्धारा सँचालित यूवा सशक्तिकरण बुलगारी परियोजनाले आर्थिक सहयोग गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार