• होमपेज
  • खेलकुद
  • बुढिगंगा र बुढीनन्दा नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड सुरु

बुढिगंगा र बुढीनन्दा नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड सुरु

  • बिहिबार, बैशाख १२, २०७६
बुढिगंगा र बुढीनन्दा नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड सुरु

बडीमालिका खवर
बुढिगंगा र बुढीनन्दा नगरपालिकामा प्रथम नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट संचालन गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिगंगा र बुढीनन्दा नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको हो । नगर क्षेत्रका माध्यामिक तह अन्र्तगतका विद्यालयहरु सहभागी भएको नगर प्रमुख दिपक विक्रम शाहले जानकारी दिए ।
विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि बालबालिकाको क्षेमतालाई नगर, जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले उक्त प्रतियोगिता नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको नगरपालिकाकी उप मेयर तारा खाती थापाले जानकारी दिईन ।
प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स बिधाका खेल सञ्चालन गरिने भएका छन् । बुढिगंगा नगरपालिकामा रहेका ८ ओटा विद्यालयहरु प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको बुढिगंगा नगरपालिकाका मेयर दिपक विक्रम शाहले एक कार्यक्रमका विच उद्धघाटन गरेका छन् । प्रतियोगीता बैशाख ११ देखि १३ गतेसम्म संचालन हुने भानोदय माद्यामिक बिद्यालयको प्राङडमा संचालन भएको नगरपालिकाले बताएको छ । त्यस्तै जनप्रकाश माबी प्रङगणमा संचालन भएको खेलको उद्घाटन शिक्षा शाखा प्रमखुले गरेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार